काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) को सहकार्यमा सञ्चारकर्मीहरूका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले औपचारिकीकरणलाई दिगो, समावेशी र प्रतिस्पर्धी अर्थतन्त्रको आधारशिला भएको उल्लेख गरे ।
‘औपचारिकीकरण अब विकल्प होइन, आवश्यकता हो,’ अध्यक्ष ढकालले भने , ‘यसले व्यवसायलाई कानुनी सुरक्षा, वित्तीय पहुँच, श्रम अधिकार, पारदर्शी कर प्रणाली र दीगो आर्थिक वृद्धिको सुनिश्चितता दिन्छ।’
उहाँले व्यवसाय दर्ता प्रक्रिया सरल र डिजिटल बनाउने, कर प्रणाली व्यवसायमैत्री बनाउने, अनौपचारिक क्षेत्रलाई औपचारिक बनाउन सहुलियत तथा तालिमको व्यवस्था गर्ने र महिला, युवा तथा ग्रामीण उद्यमीहरूका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा महासंघका उपाध्यक्ष हेमराज ढकालले औपचारिकीकरणका प्रयासहरूमा महासंघले निरन्तर काम गरिरहेको जानकारी दिँदै यसमा सरकार, निजी क्षेत्र र सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
त्यस्तै, महासंघकी उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले संयुक्त प्रयासबिनाको औपचारिकीकरण अपूर्ण हुने बताउँदै, यस प्रकारका छलफलले विषयलाई स्पष्टता प्रदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं राष्ट्रिय औपचारिकीकरण समितिका अध्यक्ष प्रदीप कुमार कोइरालाले औपचारिकीकरण एक निरन्तर प्रक्रिया भएको बताउँदै, श्रम क्षेत्रमा विद्यमान अनौपचारिकतालाई घटाउन सामाजिक सुरक्षा कोषमा सहभागिता बढाउन जोड दिइएको जानकारी दिए । योजक सौरभ शाह, महासंघका महानिर्देशक गोकर्ण अवस्थी र पत्रकार मोदनाथ ढकालले औपचारिकीकरणसम्बन्धी विभिन्न आयामबारे धारणा राखेका थिए।
कार्यक्रममा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
-
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान