लन्डन – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
बेलायत स्थित नेपाली दूतावासले लन्डनमा आयोजना गरेको ‘नेपाल–यूके टेक फोरम’लाई सम्बोधन गर्दै उनले नेपालमा प्रविधि तथा डिजिटल सेवामा लगानीको सम्भावना औंल्याउँदै सूचना प्रविधि, ई–गभर्नेन्स, फिनटेक, एजु–टेक लगायतका क्षेत्रमा संयुक्त लगानी, स्टार्टअप एक्सचेन्ज र दीर्घकालीन सहकार्यको लागि आग्रह गर्नु भएको हो ।
अध्यक्ष ढकालले नेपालको लगानी वातावरणमा भइरहेको रूपान्तरण र प्रविधिमैत्री नीतिहरूका बारेमा जानकारी गराउँदै सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने अनुकुल समय भएको धारणा राखे ।
नेपालले लगानीमैत्री वातावरण बनाउन कानुनी सुधारमा विशेष ध्यान दिएको छ । विगत एक वर्षमा ३० भन्दा बढी कानुन संशोधन भइसकेका छन् । जसले व्यवसाय र लगानी प्रक्रिया सजिलो बनाएको छ । उनले भने लगानीकर्तालाई सहजीकरण गर्न महासंघले ‘एफडीआई सपोर्ट डेस्क’ स्थापना गरेको छ र राष्ट्रिय नागरिक एपमार्फत व्यवसाय दर्ता तथा व्यवस्थापन प्रक्रिया डिजिटल बनाइएको छ ।’
नेपालको डिजिटल पूर्वाधार विकास, अनलाइन प्रणालीको प्रवद्र्धन र विश्वव्यापी प्रतिस्पर्धा गर्न आवश्यक प्राविधिक मापदण्ड तथा पूर्वाधार सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतामा जोड दिंदै अध्यक्ष ढकालले नेपाल सन् २०२६ पछि अति कम विकसित मुलुकबाट (एलडीसी) स्तरोन्नती हुने तयारीमा रहेको सन्दर्भमा डिजिटल व्यापार र सेवाक्षेत्रलाई विश्व बजारसँग प्रतिस्पर्धी बनाइनु पर्ने बताए ।
नेपालको निजी क्षेत्रले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ८० प्रतिशतभन्दा बढी योगदान पुर्याएको र रोजगार सिर्जनामा पनि प्रमुख भूमिका खेलेको उल्लेख गर्दै उनले नेपालको निजी क्षेत्र डिजिटल अर्थतन्त्र निर्माणमा नेतृत्व गर्न तयार रहेको बताए । ‘ नेपालको निजी क्षेत्र डिजिटल अर्थतन्त्र निर्माणमा नेतृत्व गर्न तयार रहेको छ । नेपालले लगानी कानुनलाई वातावरण, भूमि, श्रम र कर सम्बन्धी व्यवस्थासँग समन्वय गर्ने प्रयास गरेको छ र आगामी १० वर्षसम्म नीतिगत स्थिरता कायम राख्न माग गर्दै आएको छ, जसले स्वदेशी तथा विदेशी लगानीकर्तालाई विश्वसनीयता प्रदान गर्नेछ ।’ उनले भने ।
बेलायत स्थित प्राविधिक क्षेत्रका विज्ञ, लगानीकर्ता र कूटनीतिक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको सो कार्यक्रममा नेपाल–बेलायतबीच डिजिटल व्यापार र प्रविधि साझेदारीलाई कसरी थप गहिरो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता