सिरहा – सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक १२ वर्षीय नाबालकको मृत्यु भएपछि परिवारजन आन्दोलित भएका छन् । सिरहा नगरपालिका–६, बसबिट्टाका झल्कु महराका छोरा राजन महराको सोमबार बिहान उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । असहज महसुस भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

वडा नं. ६ का अध्यक्ष इन्द्रजित यादवका अनुसार, प्रादेशिक अस्पतालमा पटक–पटक उपचार गराउन आउने बिरामीहरूप्रति हेलचक्राइ हुने गरेको छ । ‘हामीले धेरैपटक सेवा सुधारको माग गर्यौं, तर बेवास्ता भयो,’ अध्यक्ष यादवले भने, ‘अस्पताल प्रशासनको लापरबाहीकै कारण नाबालकको ज्यान गएको हो ।’
राजनको निधनपछि आक्रोशित परिवारजन र स्थानीयबासीले अस्पताल गेट अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।
यता, प्रादेशिक अस्पताल सिरहाका सूचना अधिकारी रामनारायण चौधरीले राजनलाई गम्भीर किसिमको रक्तअल्पता (सिभियर एनिमिया) भएको बताए । उनका अनुसार, बालकको हेमोग्लोबिन मात्रा २.५ ग्रामरडिएल मात्र थियो, जुन अत्यन्तै खतरनाक अवस्थामा पर्छ ।
‘बी–पोजेटिभ रगतको आवश्यकता थियो, रगत उपलब्ध भए पनि ब्लड ट्रान्सफरको तयारी भइरहेकै बेला उनको निधन भएको चौधरीले बताए । अस्पतालका आकस्मिक सेवा इन्चार्ज डा. नितेश कर्णले पनि बिरामीलाई आवश्यक परीक्षण र उपचार तत्काल सुरू गरिएको तर अवस्था अत्यन्तै नाजुक भएकाले बचाउन नसकिएको उल्लेख गरेका छन् ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि