• बिहिबार, १ असोज २०८३
  • ‘माग्ने राजा’ को धमाकेदार टिजर सार्वजनिक

    ‘माग्ने राजा’ को धमाकेदार टिजर सार्वजनिक

    सबलनेपाल संवाददाता
    असार १६ २०८२, सोमबार

    काठमाडौं – नेपाली फिल्म उद्योगमा बहुप्रतिक्षित हास्यप्रधान फिल्म ‘माग्ने राजा’ ले टिजर सार्वजनिक गरेको छ। मुुनल घिमिरेको प्रस्तुति र ऋषि लामिछानेको निर्देशनमा बनेको यस फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’को धमाकेदार प्रस्तुति देख्न सकिन्छ। टिजरमा हेर्दा केदार घिमिरे ‘माग्ने बुढा’ को धमाकेदार प्रस्तुति देखिन्छ।टिजरले दर्शकलाई मनोरञ्जन, हास्य र सामाजिक कथावस्तुको रमाइलो संयोजनको झलक दिएको छ।

    फिल्मको मुख्य भूमिकामा केदार घिमिरे, विल्सन विक्रम राई (तक्मे बुढा), आर्यन सिग्देल, वर्षा शिवाकोटी, शिशिर बाङ्देल, शारदा गिरी, पुष्कर गुरुङ, र मिस पबी रहेका छन्। आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म आगामी भदौ ६ (२२ अगस्ट २०२५) मा देशभर प्रदर्शनमा आउने घोषणा गरिएको छ।आरम्भ प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो फिल्मले समाजका विकृति, विसङ्गति र हास्यरसलाई एकसाथ पस्कने तयारी गरेको छ। दर्शकलाई हाँसाउँदै, गुदगुदाउँदै, सोच्न बाध्य पार्ने ‘माग्ने राजा’ लाई पर्खनुस्— यो तपाईँको हलसम्म आउने तयारीमा छ  ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij