धादिङ- धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित गैरीगाउँ माध्यमिक विद्यालयमा ‘ग्लोबल पिस मेकर्स क्याम्प २०२५’ सम्पन्न भएको छ। सर्भिस फर पिस नेपालको आयोजनामा २०२५ जुन २४ देखि जुलाई १ सम्म सञ्चालन भएको क्याम्पमा कोरिया नेशनल युनिभर्सिटी अफ ट्रान्सपोर्टेसनका २७ जना स्वयंसेवक विद्यार्थीहरूको सहभागिता रहेको थियो। आठदिने यो अन्तर्राष्ट्रिय क्याम्पले शिक्षा, पूर्वाधार विकास, अन्तरसंस्कृतिक आदानप्रदान, र सेवा कार्यको माध्यमबाट स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याएको छ।
कोरियन टोलीले विद्यालयको क्यान्टिन निर्माण, पुस्तकालय पुनर्निर्माण, शैक्षिक सामग्री वितरण, कक्षा कोठाको रंगरोगन तथा सजावट लगायतका कार्यहरूमा प्रत्यक्ष सहयोग पुर्यायो। कोरियन पक्षको आर्थिक र प्राविधिक सहयोगले विद्यार्थीहरूको सिकाइ वातावरणमा सुधार ल्याउने अपेक्षा गरिएको छ। साथै, नेपाली विद्यार्थीहरूका लागि पौष्टिक भोजनको पहुँच सहज हुने विश्वास लिइएको छ।
क्याम्प अवधिभर स्वयंसेवकहरूले अंग्रेजी भाषा शिक्षण, सिर्जनात्मक अभ्यास, खेलकुद (फुटबल, भलिबल, नेपाली परम्परागत खेलहरू), सांगीतिक प्रस्तुतिहरू, र विविध संस्कृतिक गतिविधिमा सक्रिय सहभागिता जनाए। यसले नेपाली र कोरियन युवाबीच आपसी समझदारी, आदानप्रदान र मित्रता सुदृढ गर्न मद्दत गरेको आयोजकहरूले बताएका छन्।
सर्भिस फर पिस नेपालका प्रबन्धक बसुदेव न्यौपानेले क्याम्पलाई “सेवाभन्दा पनि साझा मानवता र भविष्य निर्माणतर्फको साझेदारी” भएको बताए। सर्भिस फर पिस नेपालकी महासचिव जिन्तु नकर्मी खनालले कार्यक्रममा युवाहरूले “एक अर्काको संस्कृति, विचार र जीवनशैली बुझ्ने अवसर पाएको” उल्लेख गरिन्।
कार्यक्रमको समापन समारोहमा नवनिर्मित पूर्वाधार विद्यालयलाई हस्तान्तरण गरियो। कोरियन टोली निर्देशक किमले नेपालमा सेवा गर्न पाएको अनुभवलाई “जीवनका वास्तविक मूल्यहरू बुझ्ने अवसर” भन्दै उल्लेख गरे। समापनमा अनुभव आदानप्रदान, सांस्कृतिक कार्यक्रम र स्मृति सामग्री वितरणका साथ क्याम्प सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो।
कार्यक्रम संयोजक हेमबहादुर महतोले यस्तो सहकार्यले बालबालिकाको उज्ज्वल भविष्यमा दीर्घकालीन लगानी भएको बताए। आयोजक संस्थाहरूले यस्ता कार्यक्रम आगामी वर्षहरूमा समेत सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि