काठमाडौं – देशभरको मौसम आगामी २४ घण्टा विशेष रूपले प्रभावित हुने संकेत देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबार अधिकांश भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको चेतावनी जारी गरेको छ।
आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहँदा अन्य प्रदेशहरूमा पनि हल्का वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाको भनाइ छ। साथै, कोशी, बागमती र गण्डकीका उच्च–पहाडी तथा हिमाली भेगमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। गण्डकी, कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने उल्लेख गरिएको छ। हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षा हुने सम्भावना पनि कायम छ।
सोमबार असार २ गते पनि मौसम बदली हुने महाशाखाले जनाएको छ। देशका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य थोरै भूभागमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने उल्लेख गरिएको छ। राति पनि यस्तै अवस्था रहने अनुमान गरिएको छ।
महाशाखाले जलवायु अवस्थाबाट जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा प्रतिकूल असर पर्नसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। उच्च–पहाडी तथा हिमाली भेगमा यात्रा गर्ने यात्रुहरूलाई विशेष सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि