काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि थोक मूल्य तय गरेको छ। समितिका अनुसार नेपाली बजारमा उपलब्ध सागसब्जी र फलफूलको थोक मूल्य केही घटबढसँगै तोकिएको छ।
गोलभेंडाको मूल्य यसपटक किसिमअनुसार फरक देखिएको छ। ठूलो साइजको नेपाली गोलभेंडा प्रतिकिलो ७० रुपैयाँमा तोकिएको छ भने भारतीय गोलभेंडा ८५ रुपैयाँमा निर्धारण गरिएको छ। त्यस्तै, सानो साइजको लोकल गोलभेंडा ५२ र टनेलमा उत्पादन भएको सानो गोलभेंडा ५८ रुपैयाँमा कायम गरिएको छ।
आलुको हकमा नेपाली रातो आलु प्रतिकिलो ४० रुपैयाँमा तोकिएको छ भने भारतीय रातो आलु ३५ र मुडे आलु ३८ रुपैयाँमा निर्धारण गरिएको छ। प्याज (भारतीय सुकेको) ४२, गाजर (लोकल) ७० र तराई गाजर ५० रुपैयाँमा उपलब्ध छन्।
बन्दा (लोकल) ३८, काउली (स्थानीय) ५५, मूला (रातो) ३२, सेतो मूला (लोकल) ३४, हाइब्रिड सेतो मूला ३०, भन्टा (लाम्चो) २० र डल्लो भन्टा ३५ रुपैयाँमा तोकिएको छ।
बोडीमा तने बोडी २५ र मकै बोडी ६० रुपैयाँमा विक्रि हुँदैछ। मटरकोसा १६० रुपैयाँ, घिउ सिमी लोकल र हाइब्रिड दुवै ३५ रुपैयाँ, राजमा जातको घिउ सिमी ११० र टाटे सिमी १०५ रुपैयाँमा छन्।
भटमास कोसा १२०, तीतो करेला ४०, लौका ३०, परबर लोकल ३५ र तराई परबर ४० रुपैयाँमा छन्। चिचिण्डो ३०, घिरौला ३२, झिगुनी ५०, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो ४० र डल्लो ३५ रुपैयाँमा तोकिएको छ।
भिण्डी २५, सखरखण्ड ७०, पिँडालु १००, स्कुस ६५, रायो र पालुङ्गो साग ५०, तोरीको साग ४०, हरियो प्याज ११०, कन्य च्याउ १८० र डल्ले च्याउ ३०० रुपैयाँमा छन्।
कुरिलोको थोक मूल्य ३५० रुपैयाँ, निगुरो ३०, ब्रोकाउली ५५, चुकुन्दर ६५, रातो बन्दा ८०, जिरीको साग र सौफको साग १००, सेलरी १२०, पुदिना ११०, इमली १७०, तामा १२०, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँमा कायम गरिएको छ।
फलफूलतर्फ, झोले स्याउको मूल्य २५० र फुजी स्याउ ३०० रुपैयाँ तोकिएको छ। केराको मूल्य दरजनको १५० रुपैयाँ रहेको छ भने कागती १६०, अनार ३५०, माल्द जातको आँप ६५ र दशहरी आँप ८० रुपैयाँमा छन्। हरियो अङ्गुर २५० र कालो अङ्गुर ३५० रुपैयाँमा उपलब्ध छन्।
तरबुजा हरियो ४०, मौसम २००, जुनार २५०, भुइँकटहर गोटा १९०, काँक्रो लोकल ४० र हाइब्रिड १५, रुखकटहर ६०, भारतीय मेवा ११०, लोकल लिची १९० र भारतीय लिची १७० रुपैयाँमा निर्धारण गरिएको छ।
अदुवा प्रतिकिलो ११०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ५०, बुलेट र माछे जातका खुर्सानी ३५, भेडेखुर्सानी ८०, हरियो धनियाँ ६०, चाइनिज लसुन २२०, नेपाली लसुन १७०, छ्यापी सुकेको २०० र हरियो छ्यापी १२० रुपैयाँमा छन्।
माछाको मूल्य पनि तोकिएको छ। ताजा रहु माछा ३३०, बचुवा ३२० र छडी माछा २४० रुपैयाँमा उपलब्ध छन्। राजा च्याउ ३०० र सिताके च्याउ ९०० रुपैयाँ तोकिएको छ।
कालीमाटी बजार समितिले तोकेको मूल्य अधिकतम थोक मूल्य हो। खुद्रा विक्रेताबाट खरिद गर्दा मूल्यमा थोरै अन्तर आउन सक्छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि