काठमाडौं — प्रतिनिधि सभामा देखिएको अवरोध हटाउन सत्तारूढ नेकपा (एमाले) र प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रबीच सहमति भएको छ। सहमतिपछि संसदको अवरोध अन्त्य गरी नियमित बैठक सञ्चालन गर्ने बाटो खुलेको छ।
आज जेठ ३० गते सत्ता र विपक्षी दलका तर्फबाट संयुक्त रूपमा जारी सहमतिपत्रमा दुई मुख्य बुँदामा सहमति जनाइएको छ।
पहिलो बुँदामा भनिएको छ कि “भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। त्यस कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्याउने छ। त्यस विषयमा सम्बन्धित ध्यानाकर्षणका लागि आयोगले माग गरेअनुसार नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।”
दोस्रो बुँदामा भने, “अध्यागमन र भिजिट भिसाका सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छलफल गरी नीति, कानुन र संस्थागत सुधारका लागि उपयुक्त व्यवस्था गर्ने ठोस पहल गर्ने प्रतिवद्धता नेपाल सरकारले व्यक्त गर्नेछ।”
सहमतिको कागजातमा सत्तारूढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश कुमार बर्तौलाले र विपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन्।
यस सहमतिपछि प्रतिनिधि सभा पुनः सञ्चालनमा आउनेछ र संसद्मा लामो समयदेखि जारी गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित