• शनिबार, ३ असोज २०८३
  • तिनकुने आन्दोलन

    दुर्गा प्रसाईसहित ७जना थुनामा ,अन्य धरौटीमा रिहा

    दुर्गा प्रसाईसहित ७जना थुनामा ,अन्य धरौटीमा रिहा

    सबलनेपाल संवाददाता
    जेष्ठ ३० २०८२, शुक्रबार

    काठमाडौं – काठमाडौं जल्ला अदालतले  राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईलाई थुनामै राखेर मुद्दा चलाउन आदेश दिएको छ ।
    बिहीबार मध्यरातमा न्यायाधीश ध्रुवराज कार्कीले यो आदेश जारी गरेका हुन् ।
    कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिए पनि  मध्यरात (१२ बजेपछि) यस्तो आदेश आएको हो।
    प्रसाईसहित सात जनालाई थुनामा राखिने र अन्य धरौटीमा रिहा हुने भएका छन् ।

    चैत १५ राजावादीहरूको प्रदर्शन क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनाका मुख्य आरोपी दुर्गा प्रसाईं अब पुर्पक्षका लागि कारागार चलान हुने छन् ।

    प्रसाईंसहित ३९ प्रतिवादीलाई इजलास बाहिर राखिएको थियो।
    प्रसाई छुट्ने आशामा राति अबेरसम्म बबरमहलमा भेला भएका प्रसाईका समर्थकहरु निराश भएर फर्केका छन् ।
    समयमै आदेश नआउँदा सबै प्रतिवादीहरूलाई इजलास बाहिरै राखिएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij