हरिकृष्ण ऐडी
मुगु
मुगुको रमणीय रारा क्षेत्रमा पहिलोपटक १९औं ज्योतिष तथा वास्तु सम्मेलन आयोजना हुने भएको छ। धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनका उद्देश्यसहित जेठ २६ र २७ गतेसम्म सञ्चालन हुने सम्मेलनलाई ऐतिहासिक मानिएको छ।
नेपाल ज्योतिष परिषदको मुख्य आयोजना र विश्व ज्योतिष महासंघ नेपाल, दक्षिण एशियाली महासंघ राष्ट्रिय समिति नेपाल तथा नारी उत्पादन सचेतना केन्द्र मुगुको सह–आयोजनामा हुन लागेको यो सम्मेलनमा देशभरिका ७७ वटै जिल्लाबाट ५०० भन्दा बढी ज्योतिष एवं सरोकारवाला व्यक्तिहरूको सहभागिता रहनेछ।
विश्व हिन्दु महासंघकी केन्द्रीय सदस्य एवं सनातन हिन्दु धर्म समन्वय समिति नेपालकी सदस्य चेतना मल्ल शाहीका अनुसार सम्मेलनले राराको धार्मिक, सांस्कृतिक र पर्यटन सम्भावनालाई उजागर गर्नुका साथै सनातन धर्म अनुसारका परम्परा, आशौच व्यवस्थापन तथा व्यवहारिक कार्यान्वयनका विषयमा समेत महत्वपूर्ण निर्णयहरू गर्नेछ।
धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिने रारा क्षेत्र – जहाँ छायाँनाथ, ऋणमोक्ष, महादेव र विष्णुपादुकाजस्ता तीर्थस्थलहरू अवस्थित छन्, यसले सम्मेलनको गरिमा अझै बढाउने विश्वास लिइएको छ।
नेपाल ज्योतिष तथा वास्तु सम्मेलनका संयोजक डा. गौरिशंकर शर्माले ज्योतिष विज्ञान जाति, धर्म वा लिङ्गमा कुनै विभेद नगर्ने वैज्ञानिक विधा भएको बताउँदै, सम्मेलनमा नयाँ अनुसन्धान र ज्ञान आदान–प्रदानका साथै विश्व ज्योतिष महासंघ स्थापनालाई औपचारिकता दिने योजना रहेको जानकारी दिए।
दुई दिनसम्म चल्ने सम्मेलनमा धर्म, अध्यात्म, कर्मकाण्ड, योग, तन्त्र, साधना, वास्तुशास्त्र लगायतका विषयमा कार्यरत विज्ञ, निर्माण व्यवसायी, व्यापारी तथा सम्बन्धित क्षेत्रमा रुचि राख्ने सहभागीहरूको सहभागिता रहनेछ।
रारामा पहिलोपटक आयोजना हुन लागेको यस ऐतिहासिक सम्मेलनले स्थानीय पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि