• आइतबार, ४ असोज २०८३
  • वसुन्धरा रेग्मी छात्रवृत्ति कोषमार्फत छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

    वसुन्धरा रेग्मी छात्रवृत्ति कोषमार्फत छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

    सबलनेपाल संवाददाता
    जेष्ठ २४ २०८२, शनिबार

    काठमाडाैं – कौशिक गोत्रीय रेग्मी बन्धु समाजका केन्द्रिय सल्लाहकार समिति सदस्य तथा समाजसेवी श्री भीमप्रसाद रेग्मी (पोखरा) को पहलमा “वसुन्धरा रेग्मी छात्रवृत्ति कोष” स्थापना गरिएको छ। यस कोषमार्फत विभिन्न जिल्लाका विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ।

    श्रीलक्ष्मी माध्यमिक विद्यालय थलारा एक मोतीपुर बझाङका रेग्मी थरका ४ जना, दलित समुदायका ३ जना तथा अन्य ३ जना गरी जम्मा १० जनालाई जनही रु ६,००० को दरले ३ वर्षको लागि छात्रवृत्ति प्रदान गरिएको छ। विद्यार्थीहरूको प्रगति सन्तोषजनक भएमा छात्रवृत्ति अवधि नवीकरण गरिने व्यवस्था गरिएको छ। यसैगरी, नेपालगञ्जस्थित एम।पी। स्कूलमा वादी समुदायका १५ जना विद्यार्थीलाई पनि जनही रु ५,००० को दरले ३ वर्षका लागि छात्रवृत्ति प्रदान गरिएको छ।
    रेग्मीको विद्यालय, रेगम फाँट, खोला, सेती नदी, रेग्मीका परम्परागत घरहरू, कुलायन मन्दिर र कुलदेवी मन्दिर लगायतका दृश्यहरू समेटिएको साथै रेगम खोला र सेती नदीको संगममा गरिएको सूक्ष्म स्नान सम्बन्धी जानकारी समेटिएको एक वृत्तचित्र ९भिडियो० पनि तयार पारिएको छ।

    निकट भविष्यमा, एक साताभित्र हुम्लाको सिमीकोटस्थित मानसरोवर मावि र जुम्लाको जनता माविमा १०/१० जना विद्यार्थीलाई जनही रु ६,००० को दरले छात्रवृत्ति प्रदान गरिने कार्यक्रम तय भएको छ।

    यसअघि, वारा, पर्सा, रौतहट जिल्लामा मुसहर र डुम समुदायका ३० जना, हेटौंडामा चेपाङ समुदायका २० जना, चितवनमा थारु समुदायका १० जना र अन्य १० जना, कास्की, तनहुँ र पर्वत जिल्लामा ४५ जना दलित विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको थियो। हालसम्म १५० जनाले सो कोषबाट लाभ लिइसकेका छन्। आगामी आषाढ महिनामा पूर्वाञ्चलका २० जना छात्राहरूलाई पनि सोही कार्यक्रमअन्तर्गत छात्रवृत्ति वितरण गरिनेछ समाजले जनाएको छ ‌।

    समाजसेवी रेग्मीले बझाङ जिल्लामा प्राप्त गरिसकेको दुई रोपनी जग्गा र भविष्यमा प्राप्त हुने अन्य जग्गाहरूमा रेग्मी बन्धुहरूको कुल मन्दिर निर्माण गर्न, बासस्थान बनाउने, तथा कार्यक्रम गर्नका लागि हल व्यवस्थापन गर्न समेत आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij