• आइतबार, ४ असोज २०८३
  • बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी

    बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी

    सबलनेपाल संवाददाता
    जेष्ठ ९ २०८२, शुक्रबार

    बैतडी –बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।

    लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए। भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij