सिमरा – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशको शैक्षिक मुहार फेर्न ऐतिहासिक दरबार हाइस्कुलजस्तै सुविधासम्पन्न १०० वटा विश्वस्तरीय विद्यालय निर्माण गर्ने घोषणा गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सरकारको उक्त महत्त्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको हो।
काठमाडौँमा मात्र सीमित गुणस्तरीय शिक्षालाई मधेशका हरेक गाउँ र जिल्लामा पुर्याउने सरकारको अठोट रहेको उहाँले स्पष्ट पार्नुभयो। कार्यक्रममा मधेस केन्द्रित शिक्षा सुधारका योजनाहरू प्रस्तुत गर्दै मन्त्री पोखरेलले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा ‘वर्ल्ड क्लास’ विद्यालयहरू खुल्नुपर्छ भनेर सुझाव दिनुभएको छ र यस विषयमा हाम्रो गम्भीर छलफल पनि भएको छ। हामी मधेसमा कम्तीमा १०० वटा यस्ता विद्यालय निर्माण गर्ने तयारीमा छौँ।”
उहाँले हाल सञ्चालनमा रहेका विद्यालयहरूलाई नै रूपान्तरण गरेर वा अन्य उपयुक्त स्थानमा सारेर भए पनि गुणस्तरीय पूर्वाधारसहितका नमूना विद्यालय बनाइने जानकारी दिनुभयो।
नयाँ बन्ने विद्यालयहरूमा विद्यार्थीले आधुनिक सुविधासहितको उत्कृष्ट वातावरणमा अध्ययन गर्न पाउनेछन्। कतिपय स्थानमा शिक्षक–विद्यार्थी अनुपात नमिल्ने र भौतिक संरचनाको अभाव रहेको यथार्थलाई औंल्याउँदै मन्त्री पोखरेलले भन्नुभयो, “हामीले जग्गाको उपलब्धता, स्थानीय भूगोल र जनसङ्ख्याको अवस्थालाई गहिरिएर अध्ययन गरी वैज्ञानिक ढङ्गले त्यस्ता विद्यालयहरूको निर्माण गर्नेछौँ।”
ग्राउन्डको वास्तविक यथार्थ र आवश्यकता बुझेर मात्रै शैक्षिक पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले यस ऐतिहासिक कदमले मधेशमा शिक्षाको गुणात्मक छलाङ मार्ने विश्वास व्यक्त गर्नुभयो। सरकारको यो सकारात्मक र दूरगामी योजनाले मधेश प्रदेशका लाखौँ विद्यार्थी र अभिभावकमा नयाँ आशा जगाएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”
-
बाढीले रोकिएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट आजदेखि पुनः उत्पादन सुरु