• बुधबार, ३१ भाद्र २०८३
  • एयरपोर्टमा बालेन शाह र राजेन्द्र लिङ्देनको जम्काभेट, चुनावका लागि एकअर्कालाई शुभकामना 

    एयरपोर्टमा बालेन शाह र राजेन्द्र लिङ्देनको जम्काभेट, चुनावका लागि एकअर्कालाई शुभकामना 

    सबलनेपाल संवाददाता
    माघ २० २०८२, मंगलबार

    काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक भेट भएको छ।

    एयरपोर्टमा भएको उक्त जम्काभेटका क्रममा दुवै नेताले समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनको सन्दर्भमा छोटो कुराकानी गरेको बताइएको छ। स्रोतका अनुसार भेट सौहार्दपूर्ण वातावरणमा भएको थियो।

    भेटका क्रममा शाह र लिङ्देनले एकअर्कालाई आगामी निर्वाचनका लागि शुभकामना आदानप्रदान गरेका थिए। फरक राजनीतिक पृष्ठभूमि हुँदाहुँदै पनि दुवै नेताबीच सकारात्मक संवाद भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij