• बुधबार, ३१ भाद्र २०८३
  • काठमाडौं काष्ठमण्डप नजिक आगलागी, घर र मन्दिर क्षतिग्रस्त

    काठमाडौं काष्ठमण्डप नजिक आगलागी, घर र मन्दिर क्षतिग्रस्त

    सबलनेपाल संवाददाता
    असोज १३ २०८२, सोमबार

    काठमाडौं, असोज १३
    काठमाडौंको ऐतिहासिक काष्ठमण्डप नजिकै आज बिहान ठूलो आगलागी भएको छ। स्थानीयका अनुसार बिहान करिब ३ बजेदेखि सुरु भएको आगोले तीन घर र नजिकैको मन्दिर प्रभावित भएको छ।

    दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरीको टोलीले संयुक्त रूपमा आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन्। काठमाडौं र ललितपुर महानगरपालिकाका दमकल समेत परिचालन गरिएको छ।

    स्थानीयहरूले आगलागी कपडा गोदामबाट सुरु भएको अनुमान गरे पनि आधिकारिक कारण अहिलेसम्म पुष्टि भएको छैन। आगो नियन्त्रणमा आउन अझै सकेको छैन र प्रभावित क्षेत्रमा ठूलो क्षतिको आशंका गरिएको छ


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij