• बुधबार, ३१ भाद्र २०८३
  • सीप मेला: अमेरिकी राजदूतको नजरमा नेपाली युवाको सम्भावना

    सीप मेला: अमेरिकी राजदूतको नजरमा नेपाली युवाको सम्भावना

    सबलनेपाल संवाददाता
    जेष्ठ ३० २०८२, शुक्रबार

    काठमाडौं— नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले टुँडिखेलमा जारी सीप मेलाको अवलोकन गर्दै नेपाली युवामा देखिएको सीप, सिर्जनशीलता र उद्यमशीलताको खुलेर प्रशंसा गरेका छन्। उनले उत्पादनमूलक क्षेत्रमा लगाव राख्ने नेपाली युवाहरूको प्रयासले स्थानीय अर्थतन्त्र र ग्रामीण जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
    उत्पादनमूलक क्षेत्रमा  जनचेतना र सीप विस्तारको लक्ष्यसहित सञ्चालन गरिएको सीप मेलामा कृषि, पशुपालन, हस्तकला, सिलाइ-कटाइ, धातु तथा काठका सामाग्री निर्माण लगायतका व्यावसायिक गतिविधिहरू प्रदर्शनमा छन्।
    मेलामा विभिन्न जिल्ला र समुदायबाट आएका सीप सिक्दै गरेका युवाहरूले आफ्ना सीप र उत्पादनहरू प्रदर्शनीमा राखेका छन्। यस्तै, प्राविधिक शिक्षालय, तालिम केन्द्र, अनुसन्धान संस्था तथा साझेदार निकायहरूका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका छन्।
    राजदूत थम्पसनले स्थानीयस्तरमै सीप विकास र प्रवर्द्धनको यस्ता अभियानले दीर्घकालीन आर्थिक रूपान्तरणमा टेवा पुग्ने धारणा व्यक्त गर्दै, अमेरिका यस्ता प्रयासमा सधैं साथ दिन इच्छुक रहेको बताए।
    सीप मेला अहिले पनि टुँडिखेलमा जारी छ । मेलामा दैनिक हजारौंले अवलोकन गरिरहेका छन् भने युवा, किसान, महिला उद्यमी र व्यवसायिक अभ्यासमा रुचि राख्ने समूहहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij