काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिषा प्रकरणबारे उठेका प्रश्नहरूको जवाफ दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका बीच संसदमा बोल्दै गृहमन्त्री लेखकले आफू उक्त विवादमा संलग्न नरहेको दाबी गरे।
“मेरो विगतको छविले पनि यो प्रकरणमा कुनै संलग्नता छैन भन्ने पुष्टि हुन्छ,” गृहमन्त्री लेखकले संसदमा भने, “राजनीतिमा आस्थाका आधारमा आरोप लगाउनु अन्याय हो।”
उनले भिजिट भिषाको नाममा भइरहेको अनियमितताको छानबिन भइरहेको जानकारी दिँदै छानबिनको दायरामा कोही पनि परे उनीहरूलाई कारवाही हुने स्पष्ट पारे। तर मुद्दा दायर भएको नाममा राजीनामा दिनुपर्ने दबाब न्यायोचित नहुने उनको तर्क थियो। “मुद्दा दायर भयो भन्ने वितिकै राजीनामा दिनुपर्छ भन्ने छैन,” उनले भने।
गृहमन्त्री लेखकले आफू लामो समयदेखि सार्वजनिक जीवनमा इमान्दारितापूर्वक संलग्न रहेको उल्लेख गर्दै अहिले लगाइएका आरोपहरू पूर्वाग्रही भएको आरोप लगाए। उनले भने, “विगतमा म जोगी जस्तै थिएँ, आज म जोगी माथि चोर भनेर आरोप लगाइँदैछ। भोक लागेर चामल चोरेर खाएको भनेर मैले सजाय भोगिसकेको हुँ भने पनि आज फेरि त्यो कुरा उठाउनु अन्याय हो।”
भिजिट भिषा प्रकरणमा हाल छानबिन जारी छ। गृहमन्त्रालय अन्तर्गत अध्यागमन विभागमार्फत केही व्यक्तिहरूले अनियमित ढंगले भिषा जारी गराएको आरोप लागेको छ। यस विषयमा संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकाय सक्रिय छन्।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग