काठमाडौ । महिला, बालिका, किशोरकिशोरी तथा सीमान्तकृत समुदायको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्धन र लैङ्गिक हिंसा प्रतिकार्यलाई सुदृढ गर्न नेपालका तीन प्रदेशमा ६० लाख अमेरिकी डलर लागतको नयाँ संयुक्त कार्यक्रम सुरु भएको छ। नर्वेली राजदूतावास र स्विस सरकार विकास सहयोग (एसडीसी) को आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आजबाट यो साझेदारी अघि बढाएका हुन्।
दुई वर्षसम्म सञ्चालन हुने “एकीकृत यौन तथा प्रजनन स्वास्थ्य र अधिकार एवं लैङ्गिक हिंसा सेवाका लागि प्रणाली सुदृढीकरण” नामक यस कार्यक्रम कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका २० वटा पालिकामा कार्यान्वयन हुनेछ। यसले सङ्घ, प्रदेश र स्थानीय तहको क्षमता सुदृढ गर्दै नीतिलाई दैनिक व्यवहारमा रूपान्तरण गर्ने र सेवा प्रवाहमा नागरिकको पहुँच बढाउने लक्ष्य राखेको छ।
कार्यक्रम घोषणाका क्रममा नर्वेको राजकीय दूतावासका डेपुटी हेड अफ मिसन बोर्ड हेल्डे र स्विट्जरल्यान्ड दूतावासका चार्ज द अफेयर्स ए.आई. म्याथियास मायरले लैङ्गिक समानता, प्रणाली सुदृढीकरण र गुणस्तरीय सेवाको निरन्तरतामा आ-आफ्नो सरकारको प्रतिबद्धता व्यक्त गरे। सरकारी स्वामित्व र संस्थागत क्षमताको विकास यस पहलको केन्द्रमा रहेको उनीहरूले बताए।
यसैगरी, यूएनएफपीए नेपालका प्रतिनिधि श्रीराम हरिदासले प्रगतिशील नीतिगत प्रतिबद्धतालाई व्यवहारमा र नागरिकले साँच्चै पहुँच पाउन सक्ने गुणस्तरीय सेवामा रूपान्तरण गर्नु अहिलेको मुख्य चुनौती रहेको बताए। डब्ल्यूएचओकी कार्यवाहक प्रतिनिधि डा. एलिसन गोकोतानोले सरकारको नेतृत्वमा स्वास्थ्य प्रणाली सुदृढ गर्न, क्लिनिकल मापदण्ड परिष्कृत गर्न र एकीकृत सेवा प्रवाह गर्न यो साझेदारी महत्त्वपूर्ण हुने स्पष्ट पारिन्।
यो नयाँ पहल नेपालमा विगत एक दशकदेखि सञ्चालित लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना (पहिलो र दोस्रो चरण) तथा रिहा परियोजनाको सिकाइ र उपलब्धिमा आधारित छ। यसले कानुन र कार्यान्वयनबीचको खाडल पुर्दै स्वास्थ्य सेवालाई थप एकीकृत, दिगो र राष्ट्रिय स्वामित्वको प्रणालीतर्फ सङ्क्रमण गर्न नेपाल सरकारलाई सघाउनेछ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”