• बिहिबार, १ असोज २०८३
  • उपकुलपतिहरूसँग प्रधानमन्त्रीको छलफल आज

    उपकुलपतिहरूसँग प्रधानमन्त्रीको छलफल आज

    सबलनेपाल संवाददाता
    बैशाख ७ २०८३, सोमबार

    काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १२ बजे प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्।

    प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई बैठकमा बोलाइएको छ। उच्च शिक्षा क्षेत्रका समसामयिक समस्या, व्यवस्थापनका चुनौती तथा समाधानका उपायबारे छलफल हुने भएको छ। तत्काल समाधान गर्न सकिने विषयहरूमा समेत निर्णय गर्ने तयारी रहेको छ।

    बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरू सहभागी हुने भएका छन्। नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू पनि सहभागी हुनेछन्।

    यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग प्रधानमन्त्रीले छलफल गर्ने भएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि भेट्ने भएका छन्। कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ।

    उच्च शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान र सुधारका उपाय खोज्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij