काठमाडौं, देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि औपचारिक रूपमा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार बिहान ८ बजेदेखि सबै परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सञ्चालनमा आएको हो।
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने सम्पूर्ण परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।
यस वर्ष कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्। सहभागीमध्ये छात्राको संख्या छात्रभन्दा केही बढी रहेको छ।
परीक्षा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन देशभर १ हजार ९६६ वटा परीक्षा केन्द्र तोकिएका छन्। प्रत्येक केन्द्रमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ भने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक तथा सहयोगी कर्मचारीसमेत खटाइएको छ।
यस वर्षको विशेष पक्षका रूपमा सामूहिक अनुगमन पूर्ण रूपमा निषेध गरिएको छ। विगतमा अनुगमनका नाममा विभिन्न समूह परीक्षा हलमा प्रवेश गर्दा परीक्षार्थीलाई असहज हुने गुनासो आएपछि यस्तो निर्णय गरिएको परीक्षा बोर्डले जनाएको छ।
अनुगमनलाई व्यवस्थित बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ, जसले आवश्यक अनुगमन तथा समन्वय गर्नेछ।
परीक्षाको तालिका अनुसार चैत २० गते अनिवार्य नेपाली, २२ गते गणित, २३ गते विज्ञान र २४ गते सामाजिक विषयको परीक्षा हुनेछ। त्यसपछि ऐच्छिक तथा प्राविधिक धारका विषयहरूको परीक्षा क्रमशः सञ्चालन गरिनेछ।
बोर्डले यसपटक उत्तरपुस्तिका परीक्षण सम्बन्धित केन्द्रबाटै गर्ने र करिब एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको जनाएको छ।
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता