मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरिएको छ ।
जिल्लाभर यही चैत १ गतेदेखि जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईँले बताइन्। अभियानअन्तर्गत जिल्लाभित्रका ३५ वर्षमाथिका करिब एक लाख ५० हजारभन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
“चालु आर्थिक वर्षमा मात्र जिल्लामा जापनिज इन्सेफ्लाइटिसका १५ जना सङ्क्रमित फेलापरेका छन्, तीमध्ये छ जनाको मृत्यु भइसकेको छ”, उनले भनिन्, “सङ्क्रमणदर बर्सेनि बढ्दै जान थालेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)लाई लक्षित गरेर खोप अभियान सञ्चालन गरिएको हो ।”
जिल्लामा रोगको जोखिम बढ्दै गएपछि यसको रोकथामका लागि खोप अभियान सञ्चालन गरिएको जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालले बताए । उनका अनुसार अभियानमार्फत जिल्लाका आठवटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आर्थिक वर्ष २०७९÷८० मा सात जनामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको थियो । त्यसैगरी आव २०८०÷८१ मा आठ जनामा सङ्क्रमण देखिएकोमध्ये एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रमुख चापागाईँका अनुसार जापनिज इन्सेफ्लाइटिस क्युलेक्स नामक लामखुट्टेबाट सर्ने रोग हो । यी लामखुट्टे मध्यम आकारका, खैरो रङका र पेटतिर सेतो चिह्न भएका हुन्छन् । यिनीहरूले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन् । विशेषगरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो । साउन, भदौ र असोजमा जापनिज इन्सेफ्लाइटिस बढी देखिने गर्दछ ।
विश्वभर प्रत्येक वर्ष ५० हजारभन्दा बढी व्यक्तिमा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण हुने गरेको तथ्याङ्क छ । यसमध्ये १० देखि १५ हजार जनाको मृत्यु हुने गरेको जनाइएको छ । रासस
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग