• बुधबार, ३१ भाद्र २०८३
  • रिलायन्स फाइनान्सको सीईओ बने डा. बुद्धि मल्ल

    रिलायन्स फाइनान्सको सीईओ बने डा. बुद्धि मल्ल

    सबलनेपाल संवाददाता
    माघ २७ २०८२, मंगलबार

    काठमाडौं । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा डा. बुद्धि मल्ल नियुक्त भएका छन्। आगामी फागुन १ गतेदेखि उनले औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्। लामो बैंकिङ अनुभव र व्यवस्थापकीय दक्षताका आधारमा उनलाई संस्थाले नेतृत्वको जिम्मेवारी दिएको हो।

    करिब ३२ वर्षको व्यावसायिक यात्रामध्ये २६ वर्ष बैंकिङ क्षेत्रमा बिताएका मल्ल विविध बैंक तथा वित्तीय संस्थामा नेतृत्व तहमा काम गरिसकेका अनुभवी बैंकर हुन्। यसअघि उनी एनएमबि बैंकमा विभागीय प्रमुखका रूपमा कार्यरत थिए। त्यसभन्दा अघि ओम डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र त्रिवेणी विकास बैंकमा दोस्रो तहको नेतृत्व सम्हालिसकेका छन्। ओम फाइनान्स र राइजिङ डेभलपमेन्ट बैंकमा भने उनले सीईओकै जिम्मेवारी निर्वाह गरिसकेका छन्।

    मल्लको करिअरको सुरुआत भने फरक ढंगले भएको थियो। वैदेशिक रोजगारीका लागि कतार पुगेका उनले त्यहाँ पाँच वर्ष बिताए। स्वदेश फर्किएपछि केही समय शिक्षण पेशामा संलग्न भए पनि अन्ततः बैंकिङ क्षेत्रमै आफ्नो भविष्य देखे। खाडी अनुभवबाट सिकेको व्यवस्थापन अनुशासन र जोखिम मूल्यांकनको अभ्यासलाई उनले बैंकिङ करिअरमा प्रभावकारी रूपमा प्रयोग गर्दै आएका छन्।

    क्रेडिट रिस्क म्यानेजमेन्टमा विद्यावारिधी उपाधि हासिल गरेका मल्ल शैक्षिक रूपमा पनि सशक्त मानिन्छन्। उनी ‘सफलता सम्भव छ’ पुस्तकका लेखक हुन् भने ‘सपना साकार छ’ नामक अर्को पुस्तक प्रकाशनको तयारीमा छ।‘क’ वर्गको वाणिज्य बैंकमा काम गरेको अनुभवसहित पुनः फाइनान्स क्षेत्रमा फर्किएका मल्लको नेतृत्वमा रिलायन्स फाइनान्सले संस्थागत सुदृढीकरण, जोखिम व्यवस्थापन र व्यवसाय विस्तारमा नयाँ रणनीति अघि बढाउने अपेक्षा गरिएको छ। अब उनको नेतृत्वमा रिलायन्सले कस्तो गति लिन्छ भन्नेमा वित्तीय क्षेत्रको ध्यान केन्


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij