• बुधबार, ३१ भाद्र २०८३
  • DishHomeGO OTT मा नयाँ नेपाली सिरिज “घर…एक सपना” भोलिबाट स्ट्रिमिङ

    DishHomeGO OTT मा नयाँ नेपाली सिरिज “घर…एक सपना” भोलिबाट स्ट्रिमिङ

    सरोज खनाल, लक्ष्मी गिरी, विश्व बस्नेतसहितका चर्चित कलाकारहरूको अभिनयमा आधारित पारिवारिक सिरिज

    सबलनेपाल संवाददाता
    पुष २४ २०८२, बिहिबार

    काठमाडौं – नेपाली दर्शकका लागि गुणस्तरीय मनोरञ्जन सामग्री उपलब्ध गराउँदै आएको DishHomeGO OTT एपले भोलि शुक्रबारदेखि नयाँ नेपाली सिरिज “घर…एक सपना” स्ट्रिमिङका लागि उपलब्ध गराउने भएको छ।

    निर्माता आयुषा पोख्रेल भन्छिन्, “यो सिरिजले नेपाली परिवारका सम्बन्ध र जिम्मेवारीको भावनात्मक जटिलता देखाउने प्रयास गरेको छ। दर्शकले पात्रहरूको संघर्ष, सपनाबीचको द्वन्द्व र परिवारको वास्तविक मूल्य अनुभव गर्नेछन्।”
    सिरिजमा सरोज खनाल, लक्ष्मी गिरी, विश्व बस्नेत, सुरेश थापा, सृजना अधिकारी, बिप्लव लोहनी, पुष्पाञ्जली लिम्बु र सुनील तामाङले अभिनय गरेका छन्। यस सिरिजले एक नेपाली परिवारको बिखरिँदो सम्बन्ध, जिम्मेवारी, लोभ र सपनाबीचको द्वन्द्वलाई मार्मिक र यथार्थपरक ढंगले प्रस्तुत गरेको छ।

    लेखक तथा निर्देशक अजित लामिछानेको निर्देशनमा बनेको यस सिरिजले पात्रहरूलाई जीवनका कठिन मोडहरू पार गर्दै घर, परिवार र सम्बन्धको वास्तविक मूल्य बुझ्ने भावनात्मक यात्रामा अघि बढाउँछ।

    DishHomeGO OTT एप नेपालकै अग्रणी डिजिटल मनोरञ्जन प्लेटफर्म हो। यहाँ नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्र, सिरिज, खेलकुद र मनोरञ्जन सामग्री सहज पहुँचका साथ उपलब्ध छन्। एपले आफ्ना दर्शकहरूलाई गुणस्तरीय, नयाँ र मौलिक नेपाली सामग्री प्रदान गर्दै डिजिटल मनोरञ्जनको अनुभवलाई अझ समृद्ध र रोमाञ्चक बनाउँदै आएको छ। सिरिज “घर…एक सपना” भोलिदेखि DishHomeGO OTT एपमा स्ट्रिमिङका लागि उपलब्ध हुनेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij