काठमाडौं -मिडिया बजद्वारा निर्माण भइरहेको नयाँ पारिवारिक सिरियल ‘घर…एक सपना’ को पहिलो चरणको छायांकन सम्पन्न भएको निर्माण पक्षले जनाएको छ। अहिले सिरियलको पोस्टप्रोडक्सन तथा एडिटिङ कार्य अन्तिम चरणमा पुगेको निर्देशक तथा निर्माण टिमको भनाइ छ। सिरियलको निर्देशन अजित लामिछानेले गरिरहेका छन् भने निर्माताको जिम्मेवारी आयुषा पोखरेलले सम्हालेकी छन्।
सिरियलमा लक्ष्मी गिरी, सरोज खनाल, विश्व बस्नेतलगायतका चर्चित कलाकारहरूको मुख्य भूमिका रहनेछ। ‘घर…एक सपना’ लाई पहिलोपटक OTT प्लेटफर्ममार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ, जसका कारण यो नेपाली सिरियलको डिजिटल प्रसारणको यात्रामा ‘पहिलो’ को रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
निर्मात्री आयुषा पोखरेलले ‘घर…एक सपना’ आफूका लागि अत्यन्तै महत्वपूर्ण परियोजना भएको बताउँछिन्।
“‘घर…एक सपना’ मेरो जीवनको एक महत्वपूर्ण र भावनात्मक परियोजना हो। दर्शकले आफ्नै घरपरिवारमा भोगिरहनु भएको यथार्थ, आशा, संघर्ष र सम्बन्धका कथालाई हामीले निकै नजिकबाट महसुस गरेर प्रस्तुत गरेका छौँ। यो सिरियल बनाउँदा मैले ‘परिवारको मन’ बुझ्ने प्रयास गरेकी छु। दर्शकले आफ्नो कहानी नै पर्दामा देखिरहेको अनुभूति पाऊन् भन्ने मेरो चाहना हो।”
उनले अझै थप्दै भनिन्, “हाम्रो टिमले उत्कृष्ट लगानी, मेहनत र समर्पणसहित यो सिरियल तयार गरेको छ। पहिलो चरणको सुटिङ अत्यन्तै सकारात्मक अनुभव रह्यो र अहिले एडिटिङ पनि अन्तिम चरणमा पुगेको छ।
यो सिरियल छिट्टै OTT प्लेटफर्ममार्फत दर्शकको हात हातमा आइपुग्दैछ, जहाँबाट जुनसुकै स्थान र समयमा सहजै हेर्न सकिनेछ। यो मेरो पहिलो ठूलो निर्माण प्रयास हो। दर्शकको माया, साथ र प्रतिक्रिया नै मेरो अगाडिको प्रेरणा हो ।कृपया माया गरिदिनुहोला, हेरिदिनुहोला, प्रतिक्रिया दिनुहोला।

निर्देशक अजित लामिछानेले सिरियलको कथावस्तु दर्शकसँग अत्यन्त नजिक हुने विश्वास व्यक्त गर्छन्।
“‘घर…एक सपना’ परिवार, सम्बन्ध र दैनिक जीवनका यथार्थ अनुभवमा आधारित कथा हो। कलाकारदेखि प्राविधिक टिमसम्म सबैले समर्पणका साथ काम गरेका छन्। दर्शकले आफ्नै जीवनको प्रतिरूप यो सिरियलमा देख्नेछन् भन्ने भरोसा छ।”
निर्माण टिमका अनुसार छायांकनका केही महत्वपूर्ण दृश्यहरू काठमाडौं र काभ्रे क्षेत्रका विभिन्न स्थानमा गरिएको छ। सम्पूर्ण पोस्ट प्रोडक्सन अन्तिम चरणमा पुगेसँगै सिरियल छिट्टै OTt प्लेटफर्ममा सार्वजनिक गरिने तयारी भइरहेको छ।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”