काठमाडौं । रोटरी एक्सन ग्रुपमा आवद्ध विभिन्न १३ रोटरी क्लबहरूले केन्द्रीय ट्राफिक प्रहरी कार्यालयमा आरओ (रिभर्स ओस्मोसिस) पानी प्रशोधन प्लान्ट पुर्नस्थापना गरेका छन् । यो सहयोगले दैनिक रूपमा कार्यालयमा कार्यरत ४०० भन्दा बढी ट्राफिक प्रहरी र अन्य सेवाग्राहीलाई स्वच्छ पिउने पानी उपलब्ध गराएको सदस्य संस्था रोटरी क्बल अफ गोंगबुका अध्यक्ष राजाराम फुँयालले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा पुरानो पानी प्रशोधन प्लान्टमा क्षति पुगेको थियो, जसले गर्दा कार्यालयमा पानीको समस्या भएको थियो । प्रहरी कर्मचारीहलाई स्वच्छ पिउने पानीको सुनिश्चितताका लागि ‘युनाइट फर गुड’ भन्ने रोटरीको भावना अनुरूप १३ ओटा रोटरी क्लबका अध्यक्षहरू र रोटरी डिष्ट्रिक इन्टरनेशनल ३२९२ को पहलमा कोष संकलन गरिएको उनको भनाइ छ । कोषमार्फत आरओ प्लान्ट मर्मत, स्तरोन्नति र पुर्नस्थापनाको कार्य सम्पन्न भएको हो ।
अध्यक्ष फुँयालले यो परियोजना रोटरीको सामुदायिक सेवाप्रतिको प्रतिबद्धताको एउटा उदाहरण भएको बताए । उनले १३ ओटा क्लबका अध्यक्षहरूको सामूहिक प्रयासले ट्राफिक प्रहरीजस्तो महŒवपूर्ण संस्थालाई सहयोग पु¥याउन सकेकोमा खुसी व्यक्त गरे ।
ट्राफिक प्रहरी दिनरात जनताको सेवामा खटिनुपर्ने भएकाले उनीहरूको स्वास्थ्यका लागि स्वच्छ पानी अत्यावश्यक रहेको महसूस गरी रोटरीको यो पहलले ट्राफिक प्रहरीको कार्य सहज बनाउन र उनीहरूको मनोबल बढाउन सहयोग पुग्ने विश्वास उनको छ ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग