काठमाडौं –८ वर्षको लामो पर्खाइपछि आएको बहुप्रतीक्षित चलचित्र ‘माग्ने राजा’ आजदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएको छ। निर्देशक ऋषि लामिछाने निर्देशित यो फिल्मलाई पहिलो दिनमै दर्शकको उत्साहजनक प्रतिक्रिया मिल्न थालेको छ।
फिल्म हेरेर निस्किएका धेरै दर्शकले यसलाई केवल हाँसाउने चलचित्र नभई सोच्न बाध्य बनाउने कथा भएको टिप्पणी गरेका छन्। कतिपयले माग्ने बुढालाई यसपटक एकदमै फरक अवतारमा पाएको अनुभव बाँडेका छन्।
ट्रेलर र गीत सार्वजनिक हुँदा नै लाखौं भ्युज बटुलेको ‘माग्ने राजा’ प्रदर्शनसँगै हलतर्फ दर्शकको फ्लो बढिरहेको छ। पहिलो शोमै हल भरिभराउ भएको रिपोर्ट आएको छ, र सामाजिक सञ्जालमा पनि फिल्मबारे प्रशंसा बढिरहेको छ।
निर्देशक लामिछानेले यसलाई आफ्नै जीवनको गहिरो सपना भनेका छन् र दर्शकसँग फिल्मलाई आफ्नो फिल्मझैँ अनुभव गर्न आह्वान गरेका छन्।
‘माग्ने राजा’ अहिले देशभरका हलहरूमा लागिरहेको छ र सकारात्मक प्रतिक्रियाले यसलाई वर्षकै चर्चित नेपाली फिल्ममध्ये एक बनाउने अपेक्षा गरिएको छ।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”