काठमाडौं । पुराना पुस्ताले बिर्संदै गएका र नयाँ पुस्ताले अझै नदेखेका जीवनका कथाहरु लिएर टेलिसिरिएल ‘घरबार’ आउँदैछ। वास्तविक जीवनका सत्य घटनामा आधारित यो सिरिएलको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले भाद्र ५ गते बिहिबार रिलिज हुने जानकारी दिएको छ ।
‘घरबार’ टेलिसिरिएलले ६०/७० वर्षअघिको नेपाली समाजको वास्तविकता झल्काउनेछ। पुराना सांस्कृतिक र सामाजिक मूल्य–मान्यताहरु, गाउँघरको जीवनशैली, संघर्ष र आत्मियताका कथाहरु यस टेलिसिरिएलमा समेटिएको निर्माण पक्षको भनाइ छ।
टेलिसिरिएलमा रामकृष्ण बजगाईं, विशाल पहाडी, हिउवाला गौतम, सपना श्रेष्ठ लगायतका पुराना तथा नयाँ कलाकारहरुको दमदार अभिनय देख्न पाइनेछ। टेलिसिरिएलको निर्देशन तथा लेखन देव नेपालले गरेका छन् भने निर्माण दिपेस राज पाण्डेले गरेका हुन । मेकिङ नेपालको ब्यानरमा बनेको टेलिसिरिएल घरबार अफिसिएल युटुब च्यानल मार्फत बजारमा आउने छ। थ्रेटरको मज्जा घरमै बसेर लिन सक्ने सिरिएलर बनेको निर्माण टिमको दावी छ ।
निर्देशक देव नेपालले भने, “‘घरबार’ केवल मनोरञ्जनको लागि मात्र होइन, स्मृतिको धरोहर हो। हाम्रा हजुरबा–हजुरआमाको समयलाई अहिलेका पुस्ताले बुझून् भन्ने उद्देश्यले यो सिरिएल बनाएका हौं। दर्शकले यसमा आफ्नै अंश भेट्नेछन्।”
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”