काठमाडौं— नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले टुँडिखेलमा जारी सीप मेलाको अवलोकन गर्दै नेपाली युवामा देखिएको सीप, सिर्जनशीलता र उद्यमशीलताको खुलेर प्रशंसा गरेका छन्। उनले उत्पादनमूलक क्षेत्रमा लगाव राख्ने नेपाली युवाहरूको प्रयासले स्थानीय अर्थतन्त्र र ग्रामीण जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
उत्पादनमूलक क्षेत्रमा जनचेतना र सीप विस्तारको लक्ष्यसहित सञ्चालन गरिएको सीप मेलामा कृषि, पशुपालन, हस्तकला, सिलाइ-कटाइ, धातु तथा काठका सामाग्री निर्माण लगायतका व्यावसायिक गतिविधिहरू प्रदर्शनमा छन्।
मेलामा विभिन्न जिल्ला र समुदायबाट आएका सीप सिक्दै गरेका युवाहरूले आफ्ना सीप र उत्पादनहरू प्रदर्शनीमा राखेका छन्। यस्तै, प्राविधिक शिक्षालय, तालिम केन्द्र, अनुसन्धान संस्था तथा साझेदार निकायहरूका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका छन्।
राजदूत थम्पसनले स्थानीयस्तरमै सीप विकास र प्रवर्द्धनको यस्ता अभियानले दीर्घकालीन आर्थिक रूपान्तरणमा टेवा पुग्ने धारणा व्यक्त गर्दै, अमेरिका यस्ता प्रयासमा सधैं साथ दिन इच्छुक रहेको बताए।
सीप मेला अहिले पनि टुँडिखेलमा जारी छ । मेलामा दैनिक हजारौंले अवलोकन गरिरहेका छन् भने युवा, किसान, महिला उद्यमी र व्यवसायिक अभ्यासमा रुचि राख्ने समूहहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग