काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा ताप्लेजुङ जिल्लास्थित माथिल्लो मेवा खोला जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सौर्य होल्डिङ प्रा.लि।द्वारा प्रवर्द्धन गरिएको ३१.९२ मेगावाट क्षमताको उक्त आयोजनामा ग्लोबल आइएमई बैंक र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले कुल ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका चिफ बिजनेस अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेस अफिसर मनिशराज कुँवर, तथा सौर्य होल्डिङका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
सीईओ रेग्मीले आयोजनाको सफल कार्यान्वयनबाट ऊर्जा उत्पादनमा वृद्धि भई राष्ट्रिय ग्रिड तथा निर्यात दुबैलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
६ अर्ब ३७ करोड रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजना तीन वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ। बैंकले आयोजनामा ७५ प्रतिशत ऋण लगानी गर्नेछ भने बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद सेयरबाट जुटाउनेछ।
ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको उपाधि प्राप्त गरिसकेको छ। बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट समेत प्रशंसा र सम्मान प्राप्त गर्दै आएको छ।
देशका ७७ वटै जिल्लामा सेवा विस्तार गरेको बैंकको हाल ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको छ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग