काठमाडाैं । प्रतिनिधि सभा र राष्ट्रिय सभा (संघीय संसद)को बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्न लागेको हो ।
प्रतिनिधि सभाको बैठकबाट ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यसअघि पटक–पटक कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत यो विधेयक अगाडि नबढेको भनेर विषय उठ्दै आएको थियो । लामो समयसम्म सभामा रोकिएको भनेर आलोचना समेत भएको पृष्ठभूमिमा यो विधेयक अगाडि बढाउन लागिएको हो ।
त्यसअघि व्यवस्थापन कार्यतर्फ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन)विधेयक २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
-
विवाद समाधान भएसँगै सूर्यविनायक–धुलिखेल सडक अन्तर्गत बनेपा खण्डको काम अघि बढ्यो
-
इनर्जी ड्रिंक्स विवाद: १७ उद्योगलाई लाइसेन्स बाँड्ने, तर सचेतना दिन मिडियाको ‘हल्ला’ कुर्नुपर्ने सरकारी प्रवृत्ति
-
नागढुङ्गा नौबिसे सुरुङमार्ग प्रयोग गर्दै हुनुहुन्छ ? कात्तिक १५ देखि तिर्नुपर्नेछ यस्तो शुल्क
-
अनुदान सुक्दै, ऋणको भार थपिँदै: सरकारको कमजोर कार्यक्षमताले एकैवर्ष गुमायो १ खर्ब ११ अर्बको वैदेशिक सहायता
-
भोलिदेखि देखि भारी वर्षा र हिमपातको चेतावनी
-
युनिस र हुसेनको घातक बलिङसामु निरिह जनकपुर, एनपीएलमा कर्णाली याक्सको सुखद सुरुवात
-
कमलसिंह ऐरीको घातक बलिङमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
-
७ हजार अनुसन्धानलाई उछिन्दै पोखराका डा. शंकर बरालको टोलीलाई अमेरिकामा प्रतिष्ठित ‘प्रेसिडेन्सियल अवार्ड’
-
एनपीएलको पहिलो भिडन्तमै साविक विजेता लुम्बिनीको गर्जन : सुदूरपश्चिममाथि ७ विकेटको सानदार जित
-
एनपीएल उद्घाटन खेल: पावर प्लेमै सुदूरपश्चिमले गुमायो ४ विकेट, पहिलोपटक भयो डीआरएसको प्रयोग