काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। नेपाल कृषि तथा मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारणसभामा बोल्दै उनले नेपालमा कृषि क्षेत्रको विशाल सम्भावना रहे पनि त्यसको भरपूर उपयोग हुन नसकेको बताए।
उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनका लागि आधुनिक प्रविधि, उपकरण र व्यवसायिक सोच अनिवार्य रहेको उल्लेख गरे। साथै, उत्पादन वृद्धि, रोजगारी सिर्जना, र बजारीकरणको सशक्त प्रणालीमार्फत कृषिलाई दीगो बनाउनुपर्ने उनले बताए।
अनुदानको दुरुपयोग रोक्न व्यवस्थापन आवश्यक
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कृषि अनुदान प्रभावकारी बनाउन उचित व्यवस्थापन गर्नुपर्ने बताए। उनले प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि र बजार विस्तारमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिए।
सरकारको प्राथमिकता कृषि यान्त्रिकीकरण
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै स्वदेशमै उपकरण निर्माणका लागि व्यवसायीहरूलाई प्रेरित गर्ने बताए। सरकारले उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन, र दीगो कृषि प्रणालीलाई प्रवर्द्धन गर्न ठोस नीति लिएको उनको भनाइ छ।
महासंघका अध्यक्ष ढकालले आगामी बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ७७ जिल्लाका उद्योग वाणिज्य संघहरूसँग समन्वय गर्दै काम गर्न महासंघ तयार रहेको जानकारी दिए।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”