काठमाडौं –नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो ।
यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुरÞ्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ ।
‘पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ’, बोर्डले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुर्याउँदै नेपालमा अन्तरराष्ट्रिय पर्यटकको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
छेन्दुबाट पोखरा हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना ९सिचुआन० सेल्स मिसन २०२५’का लागि जानेछ । नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ । ‘यी प्रयासले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नाका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्नेछ’, बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बोर्डले यस ऐतिहासिक पहललाई सफल बनाउन सहयोग गर्ने सिचुआन एयरलाइन्स, सिचुआन प्रान्तीय सरकार, पोखरा पर्यटन परिषद् र सबै सरोकार भएकाहरूप्रति आभार व्यक्त गरेको छ । साथै यस कार्यले सांस्कृतिक आदान–प्रदानलाई अझ सघन बनाउनुका साथै नेपाललाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न थप सहयोग हुने बोर्डले अपेक्षा गरेको छ ।
-
प्रधानमन्त्री बालेन्द्र शाह आज भारत प्रस्थान गर्दै : ३४ सदस्यीय छरितो टोली, ऊर्जा र कनेक्टिभिटी मुख्य एजेन्डा
-
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन
-
भोलिदेखि पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, यात्रा गर्नुअघि समय मिलाउन प्रशासनको आग्रह
-
महिलाको आर्थिक नेतृत्व प्रवर्द्धनमा जोड दिँदै ‘वेप्स फोरम २०२६’ सम्पन्न, ‘नेपाल जेन्डर स्मार्ट फाइनान्स ल्याब’ को शुभारम्भ
-
कात्तिकमा ६५ हजार ८०८ नेपालीले लिए श्रम स्वीकृति, युएई र कतार प्रमुख गन्तव्य
-
एकै वर्षमा २० अर्बका नोट ‘धुल्याइयो’ : क्यूआरको जमानामा पनि बजारमा किन थुप्रिँदै छ ८ खर्बको नगद ?
-
सामान्य रुघाखोकीमा पनि एन्टिबायोटिक? ‘भोलि विकराल अवस्था आउन सक्छ, आजै रोकथाम गरौँ’
-
एनपीएल फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवनबिच निर्णायक भिडन्त
-
ठगी र विदेशी मुद्रा अपचलन प्रकरण: दुई पूर्व श्रममन्त्रीसहित ६ जना उच्च अधिकारी पक्राउ
-
पीएन क्याम्पसलाई स्वायत्त संस्था बनाउने कार्ययोजना अघि बढ्यो, आफैं उपाधि बाँड्न पाउने