• बिहिबार, २७ कार्तिक २०८३
  • वीरगञ्ज कारागारबाट भागेका कैदी ५ घण्टामै भारतमा समातिए

    वीरगञ्ज कारागारबाट भागेका कैदी ५ घण्टामै भारतमा समातिए

    सबलनेपाल संवाददाता
    कार्तिक २७ २०८३, बिहिबार
     काठमाडौँ। बीरगञ्ज कारागारको पर्खाल नाघेर फरार भएका एक कैदीलाई प्रहरीले ५ घण्टा नबित्दै पक्राउ गरेको छ।
    जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले बिहीबार बिहान भागेका सुनिल साह तुरहालाई सीमापारि भारतको आदापुरबाट नियन्त्रणमा लिएको हो। बिहानै सुरक्षा घेरा छलेर भाग्न सफल भए पनि प्रहरीको चुस्त खोजी कार्यका कारण उनी छोटो समयमै पुनः कानुनको फन्दामा परेका हुन्।
    पर्साको पोखरियाका बासिन्दा रहेका तुरहा जबरजस्ती करणी मुद्दामा दोषी ठहरिएका अपराधी हुन्। उनी विगत ११ वर्षदेखि वीरगञ्ज कारागारमा आफ्नो कैद सजाय भुक्तान गरिरहेका थिए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij