रास्वपा केन्द्रीय सदस्य कार्कीको रवि लामिछानेलाई सुझाव, ‘प्रश्नदेखि नभाग्नु संसदीय छानविन समिति चाहिन्छ’

‘अवस्था फरक हुँदैछ । समर्थकहरू नै अब सत्यको उज्यालोबाट तानिएर भ्रमको अँध्यारोमा पुग्न लाग्दैछन् । शिर ठाडो बनाएर गौरवले घण्टी बजाउने साथीहरू प्रश्न आउला र निरूत्तर भइएला भनेर खुल्न संकोच मान्ने अवस्था बनेको छ । त्यसबाट पर्दा हट्न अब सवाल जवाफ मात्रै पर्याप्त छैन,’ उनले भनेका छन्।