दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिँदै केजरीवाल, भन्छन्, ‘जनताबाट अनुमोदित भएर मात्र फेरि कुर्सीमा बस्छु’
काठमाडौं – आम आदमी पार्टी (आप)का प्रमुख समेत रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आगामी दुई दिनभित्रै दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । दिल्लीमा आफ्नो पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै केजरीवालले आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री केजरीवालले दिल्ली विधानसभा चुनावमा जनताले आफ्नो इमानदारी प्रमाणित गरे मात्र मुख्यमन्त्री पद स्वीकार गर्ने बताए । “हामी निर्दोष साबित गर्न जनताको अदालत जान्छौं,“ उनले थपे।
उनले फेब्रुअरी २०२५ को सट्टा २०२४ नोभेम्बरमा चुनाव गराउन पनि माग समेत गरे । “सर्वोच्च अदालतले लगाएको प्रतिबन्धका कारण काम गर्न नसक्ने केहीले भनेका छन्, हामीमाथि प्रतिबन्ध लगाउनमा पनि कुनै कसर बाँकी राखेनन्, ’ उनले भने, ‘यदि म इमानदार छु भन्ने लाग्छ भने मलाई ठूलो सङ्ख्यामा भोट दिनुहोस् । म निर्वाचित भएपछि मात्रै मुख्यमन्त्रीको कुर्सीमा बस्छु मन्त्री अबको २–३ दिनमा विधायकहरूको बैठक बस्नेछ, जहाँ अर्को मुख्यमन्त्री चयन हुनेछ ।’
कार्यकर्ताहरूलाई सम्बोधन गर्दै, केजरीवालले बीजेपी पार्टी फुटाउन र राष्ट्रिय राजधानीमा आफ्नो सरकार बनाउन चाहेको आरोप लगाए । उनले आफ्नो मनोबललाई ध्वस्त पार्न चाहेको तर असफल भएको बताए ।
‘उनीहरू पार्टी भाँच्न चाहन्थे, केजरीवालको साहस र मनोबल तोड्न चाहन्थे, उनीहरूले एउटा सूत्र बनाएका छन्, पार्टीहरू तोड्नुहोस्, विधायक तोड्नुहोस्, नेताहरूलाई जेल पठाउनुहोस्,’ उनले भने, ‘केजरीवाललाई जेलमा पठाएर दिल्लीमा सरकार बनाउने सोचेका थिए। तर उनीहरुले हाम्रो पार्टीलाई तोड्न सकेनन्, पार्टीका कार्यकर्ताबाट पनि टाढिन सकेनन्’ ।