प्रदेश सभा सदस्य विमला गौचनको निधन

काठमाडौं। डेंगीले बिमार भएपछि उपचार गरी घरमै आराम गरिरहेकी गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । काठमाडौँ घरमै आराम गरिरहेकी गौचनलाई बुधबार राति १० बजेतिर हृदयाघात भएपछि अस्पताल लगिएको थियो ।
काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारका क्रममा साढे ११ बजेतिर उनको निधन भएको हो । नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद रहेकी गौचन म्याग्दीकी हुन् ।
छोराहरू विदेश रहेकाले उनीहरू आएपछि म्याग्दी नै ल्याएर गौचनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।