काठमाडौँ। फिनटेक अलायन्स नेपाल को आयोजनामा ‘नेपाल फिनटेक एक्सपो २०२६’ को दोस्रो संस्करण आगामी ९ देखि ११ अक्टोबर २०२६ सम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डनमा आयोजना हुँदैछ। ‘लूप’ को प्रस्तुति र ‘एभरेष्ट क्लाउड’ को सहकार्य मा सञ्चालन हुने यस तीन दिने एक्सपोमा बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, भुक्तानी सेवा प्रदायक , प्रविधि कम्पनी, नियामक, लगानीकर्ता, स्टार्टअप र प्राज्ञिक क्षेत्रलाई एउटै थलोमा ल्याइँदैछ।
एक्सपोको औपचारिक उद्घाटन शुक्रवार, ९ अक्टोबर बिहान १०:०० बजे हेरिटेज गार्डन परिसरको ‘क्लासिक भेन्यू’ मा हुनेछ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर किरण पण्डितले गर्नुहुनेछ। उद्घाटन सत्रमा एभरेष्ट क्लाउडका सीईओ अरुण खत्री, लूपका संस्थापक तथा सीईओ साजन शर्मा र फिनटेक अलायन्स नेपालका अध्यक्ष अमित अग्रवालले मन्तव्य राख्नेछन् भने त्यसलगत्तै रिबन काटेर प्रदर्शनी स्थलको अवलोकन गरिने तालिका छ।
यस वर्ष एक्सपोलाई दुई दिनबाट विस्तार गरी तीन दिनको बनाइएको छ। प्रदर्शनीमा ६५ भन्दा बढी स्टलहरू रहनेछन्, जसमा ५१ भन्दा बढी विशिष्ट कम्पनीहरूले सहभागिता जनाउनेछन्। आयोजकका अनुसार यस संस्करणमा ६,००० भन्दा बढी आगन्तुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। एक्सपोको पहिलो दिनलाई ‘बैंकर्स डे’ घोषणा गरिएको छ, जहाँ बैंकका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरूको उपस्थितिमा साँझ नीतिगत छलफल र नेटवर्किङ डिनर आयोजना हुनेछ। एक्सपोको दोस्रो दिन ‘डायस्पोरा डे’ का रूपमा सञ्चालन हुनेछ।
नेपालमा डिजिटल वित्तीय प्रणालीको तीव्र विस्तार भइरहेको पृष्ठभूमिमा यो प्रदर्शनी आयोजना हुन लागेको हो। नेपाल राष्ट्र बैंकको मध्य-मे २०२६ सम्मको तथ्याङ्क अनुसार नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या २ करोड ८३ लाख पुगेको छ, जुन सन् २०२० मा ६३ लाख मात्र थियो। यस्तै, मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघेका छन् भने मासिक क्यूआर कारोबार सन् २०२० को २ लाखबाट बढेर ५ करोड ९३ लाख पुगेको छ। साथै, नेपालमै विकास गरिएको कोर बैंकिङ सफ्टवेयर हाल अन्तर्राष्ट्रिय स्तरका नौ देशहरूमा प्रयोग भइरहेको छ।
एक्सपोमा नयाँ उत्पादन सार्वजनिक र प्रत्यक्ष प्रदर्शन का लागि ‘लूप स्टेज’ र ‘एभरेष्ट क्लाउड स्टेज’ गरी दुई छुट्टाछुट्टै मञ्चको व्यवस्था गरिएको छ। ती मञ्चहरूमा एआईमा आधारित पहिचान प्रमाणीकरण, डिजिटल अनबोर्डिङ, कर्जा प्रविधि, डेटा प्लेटफर्म, साइबर सुरक्षा र बिजनेस मेसेजिङसम्बन्धी प्राविधिक उत्पादनहरू सार्वजनिक गरिनेछन्। नयाँ, महिला तथा युवा नेतृत्वका फिनटेक उद्यमलाई प्रोत्साहन गर्न सहुलियतपूर्ण ‘स्टार्टअप प्याभिलियन’ को समेत प्रबन्ध गरिएको छ। यसका साथै सुरक्षित डिजिटल भुक्तानी, ठगी नियन्त्रण र साइबर सुरक्षाबारे सचेतना जगाउन ‘ऐरावत’ र ‘फिनतारा’ गरी दुईवटा एक्सपिरियन्स जोन (Experience Zone) सञ्चालनमा रहनेछन्।
एक्सपोको टाइटल स्पोन्सर लूप र पावर्ड बाइ स्पोन्सर एभरेष्ट क्लाउड रहेका छन्। गोल्ड स्पोन्सरमा यार्सा टेक र र्यापिड (रारा ल्याब्स) छन् भने सिल्भर स्पोन्सरमा स्ट्यान्सियन, काठमाडौं फिनटेक, पठाओ, रिसेक्युरिटी र डिब्लिटिका रहेका छन्। कार्यक्रममा डीब्यान, क्यान महासंघलगायत १४ वटा संस्था इकोसिस्टम पार्टनरका रूपमा आबद्ध छन्। एक्सपोको नलेज पार्टनर यूके इन्टरनेसनल डेभलपमेन्ट र डिजिटल पेमेन्ट पार्टनर खल्ती रहेका छन्। प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणलाई रु. २०० र विद्यार्थीलाई परिचयपत्रका आधारमा रु. ५० प्रवेश शुल्क तोकिएको छ, जसको अग्रिम टिकट खल्ती एपमार्फत लिन सकिने व्यवस्था मिलाइएको छ।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”