काठमाडौं – सिटिजन्स बैंकको अगुवाइमा माछापुच्छ्रे बैंकसहित दुई बैंकले संयुक्त रूपमा ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। नेपालमा पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजनामा लगानी गर्न लागिएको हो।
प्रवद्र्धक कम्पनी उपाय वयरहाउजिङ्ग प्रा.लि. तथा बैंकहरूबीच सहवित्तीयकरण कर्जा सम्झौता भएको छ। परियोजना काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका, सांगामा निर्माण गरिनेछ।
१ अर्ब २० करोड ७ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा बैंकहरूले ८५ करोड रुपैयाँको आवधिक कर्जा (निर्माण अवधिको ब्याजबाहेक) ८०:२० को ऋण–स्वपुँजी अनुपातमा लगानी गर्नेछन्। सिटिजन्स बैंकले ६० करोड (आवधिक कर्जा ५० करोड, बैंक ग्यारेण्टी ५ करोड, क्यास क्रेडिट ५ करोड) तथा माछापुच्छ्रे बैंकले २५ करोड रुपैयाँको आवधिक कर्जा लगानी गर्नेछन्। बाँकी स्वपुँजी प्रवद्र्धकहरूले जुटाउनेछन्।
परियोजना दुई वर्षभित्र सम्पन्न गरी आधुनिक भण्डारण सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। सम्झौता हस्ताक्षर कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकले सहवित्तीयकरण कर्जामार्फत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको बताए।
उपाय वयरहाउजिङ्ग प्रा.लि.का अध्यक्ष सुमन रायमाझीका अनुसार परियोजना सम्पन्न भएपछि भण्डारण सेवा, प्याकेजिङ सेवा, कार्यालय सामग्री आपूर्ति तथा प्रबन्ध सेवा, लेबलिङ सेवा, ढुवानी सेवा लगायतका सेवा उपलब्ध गराइनेछ।
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता