• आइतबार, २५ असोज २०८३
  • मेयर बालेनले सरकारलाई भने- ‘एक हप्ताभित्र तलब नआए टुकुचामा गाडिदिन्छु

    मेयर बालेनले सरकारलाई भने- ‘एक हप्ताभित्र तलब नआए टुकुचामा गाडिदिन्छु

    सबलनेपाल संवाददाता
    चैत्र ११ २०८१, सोमबार

    काठमाडौं – काठमाडौं महानगरपालिकाका सरसफाई कर्मचारीहरूले विगत तीन महिनादेखि तलब नपाएको भन्दै मेयर बालेन साहले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्।

    सरकारको ‘दम्भ’ ले कर्मचारीहरूलाई बिनातलब बस्न बाध्य पारेको आरोप लगाउँदै मेयर साहले एक हप्ताभित्र तलब नआए कडा कदम चाल्ने चेतावनी दिएका छन्।

    उनले भने, को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाहा छैन। तर, अबको एक हप्ताभित्र हाम्रो कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु१ त्यसपछि हेरौं तिमीहरूको के–के तन्त्र हो ’

    सरसफाई कर्मचारीहरूले तलब नपाउँदा राजधानीको फोहोर व्यवस्थापनमा समेत असर परेको छ। कर्मचारीहरू आन्दोलनको तयारीमा रहेको बताइए पनि मेयर साहकै नेतृत्वमा थप सशक्त कदम चालिने सम्भावना देखिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij