काठमाडौँ । भारतीय अटो बजारमा ऐतिहासिक सफलता हासिल गरेको टाटा मोटर्सको बहुप्रतिक्षित विद्युतीय गाडी ‘Sierra.ev’ (सिएरा ईभी) नेपाल आइपुगेको छ। यस गाडीलाई आगामी भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने ‘नाडा अटो शो २०२६’ (NADA Auto Show 2026) मा आधिकारिक रूपमा सार्वजनिक (Launch) गरिने भएको छ।
अटो पारखीहरूमाझ व्यापक कौतुहलता सिर्जना गर्न सफल यस मोडेलले नेपाली बजारमा भित्रिने नयाँ बेन्चमार्क ईभीको रूपमा आफूलाई उभ्याएको छ। उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण भारतमा बिक्री र बुकिङको नयाँ मापदण्ड कायम गरेको Sierra.ev ले नेपाली विद्युतीय सवारीसाधनको क्षेत्रमा समेत नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।
नेपाली सडकको बनावट र आधुनिक चालकको आवश्यकतालाई दृष्टिगत गरी भित्राइएको यस गाडीमा प्रिमियम फिचर्स र विशिष्ट डिजाइनको बेजोड संगम रहेको छ। दमदार रोड प्रेजेन्स, उत्कृष्ट ब्याट्री रेन्ज र मजबुत निर्माण शैलीका साथ आउँदै गरेको Sierra.ev ले प्रिमियम राइजिङ र डाइनामिक ड्राइभिङको नयाँ मानक स्थापित गर्दै नेपालको ईभी क्षेत्रमा नयाँ व्यावसायिक क्रान्ति ल्याउने निश्चित छ।
अटोमोबाइल क्षेत्रको यस महत्त्वपूर्ण माइलस्टोनको साक्षी बन्न तथा Sierra.ev लाई नजिकबाट नियाल्न सबै अटो पारखी तथा सर्वसाधारणलाई नाडा अटो शो अवलोकनका लागि आह्वान गरिएको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”