शुभश्री कलेजलाई ‘एक्सिलेन्स इन इन्डस्ट्रि–एकाडेमिया पार्टनरसिप’ अवार्ड
काठमाडौं । शुभश्री कलेज अफ म्यानेजमेन्टले ‘एजुकेसन एक्सिलेन्स अवार्ड २०२६’ मा प्रतिष्ठित ‘एक्सिलेन्स इन इन्डस्ट्रि–एकाडेमिया पार्टनरसिप’ अवार्ड प्राप्त गरेको छ । शैक्षिक अध्ययन र उद्योगको वास्तविक मागबीच सशक्त पुल निर्माण गरेको भन्दै कलेजलाई यो सम्मान प्रदान गरिएको हो ।
पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शुभश्रीले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन बीबीए, ब्याचलर अफ होटल म्यानेजमेन्ट बीएचएम र ब्याचलर अफ कम्प्युटर सिस्टम एन्ड इन्फर्मेसन टेक्नोलोजी बीसीएसआईटी जस्ता करियरमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ । सबै कार्यक्रम आजको श्रम बजारले खोजेको व्यवहारिक र उद्योग–तयार सीप दिने गरी डिजाइन गरिएको हेड अफ इन्स्टिच्युट मनिता ओलीले जानकारी दिइन् ।
‘शुभश्रीलाई अरू कलेजभन्दा फरक बनाउने कुरा भनेकै देशका अग्रणी कर्पोरेट, उद्योग र होटलहरूसँग गरिएको व्यापक साझेदारी हो,’ उनले भनिन्, ‘कलेजले यी संस्थाहरूसँग धेरै सम्झौता गरेको छ। ती सम्झौता कागजमा मात्रै सीमित छैनन्, त्यसको सिधा फाइदा विद्यार्थीलाई कलेज पढ्दै गर्दा इन्टर्नसिप, हाते सीप र करियरको बाटोको रूपमा मिलिरहेको छ ।’
अवार्डको सबैभन्दा ठुलो प्रमाण भनेको कलेजका ग्र्याजुएटको प्लेसमेन्ट भएको उनको भनाइ छ । ‘शुभश्रीका विद्यार्थीहरू नेपालभित्र मात्रै होइन, विदेशका विभिन्न क्षेत्रमा पनि सफलतापूर्वक जागिरमा भित्रिरहेका छन्,’ उनले भनिन्, ‘हस्पिटालिटी, बिजनेसदेखि आईटी सम्म –सबै क्षेत्रमा शुभश्रीका विद्यार्थी पहिलो दिनदेखि नै काम गर्न तयार भएर प्रवेश गरिरहेका छन्, यसले कलेजको उद्योगमुखी शिक्षण मोडेल र बलियो कर्पोरेट सञ्जालको शक्ति पुष्टि गरेको छ ।’
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”