काठमाडौँ । लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को सम्पूर्ण तयारी पूरा भएको छ। एसइई (SEE) दिएर बसेका विद्यार्थीहरूको प्राविधिक क्षमता र सिर्जनशीलतालाई उजागर गर्ने उद्देश्यका साथ सञ्चालित यस प्रतियोगिताको अन्तिम नतिजा भोलि (असार २० गते) होटल हार्दिक, काठमाडौँमा एक भव्य समारोहका बीच घोषणा गरिने भएको छ।
प्रतियोगिताको अन्तिम चरणको तयारीबारे जानकारी दिँदै कार्यक्रम संयोजक लक्ष्मी खत्रीले छनोट प्रक्रिया अत्यन्त प्रतिस्पर्धात्मक र पारदर्शी रहेको बताउनुभयो। खत्रीका अनुसार, देशभरका सहभागीहरूबाट सुरुमा टप २० मा छनोट भएका विद्यार्थीहरूलाई पुनः आईटी विज्ञहरूको टोलीको प्रत्यक्ष निगरानीमा राखिएको थियो। उक्त समूहले आफ्नो वेबसाइटलाई थप परिमार्जित (Refine) गरेपछि अन्तिम टप १० विद्यार्थीको छनोट गरिएको हो।

छनोटमा परेका उत्कृष्ट १० विद्यार्थीहरू निम्नानुसार छन्:
१. अङ्किता भट्टराई — क्लिन्टन स्कुल, चाबहिल
२. कृती परियार — मदन स्मारक सेकेन्डरी स्कुल, पुल्चोक
३. सन्देश बुढाथोकी — ललित सेकेन्डरी बोर्डिङ स्कुल, ललितपुर
४. स्नेहा राई — कोभेन्ट एकेडेमी, ललितपुर
५. प्रतीक श्रेष्ठ — अमृत सेकेन्डरी बोर्डिङ स्कुल, मैपी
६. आशिष श्रेष्ठ — अमृत सेकेन्डरी स्कुल, मैपी
७. वीरेन्द्र श्रेष्ठ — भगवानी इङ्लिस सेकेन्डरी स्कुल
८. दिविसा शिल्पकार — आइडियल मोडल स्कुल, जावलाखेल
९. सोना महर्जन — लिटल एन्जेल्स स्कुल, हात्तीवन
१०. प्रतिस प्रजापति — न्यू जेनिथ स्कुल, काठमाडौँ
संयोजक खत्रीले भन्नुभयो, “टप १० मा पर्न सफल विद्यार्थीहरूले २४ घण्टाको समयसीमाभित्र कोडिङलगायतका विभिन्न प्राविधिक चुनौतीहरू पूरा गर्दै वेबसाइट तयार पारेका छन्। उनीहरूले सबमिट गरेका प्रोजेक्टहरूको सूक्ष्म मूल्याङ्कन गरी फिनाले कार्यक्रममै प्रथम, द्वितीय र तृतीय स्थान घोषणा गर्दै पुरस्कृत गरिनेछ।”
विगत आठ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो प्रतियोगिता विद्यार्थीहरूका लागि प्रविधि र करियरको भविष्य कोर्ने एक विश्वसनीय प्लेटफर्म बनेको छ। किताबको सिद्धान्तलाई व्यवहारमा उतार्न चाहने विद्यार्थीहरूका लागि यो प्रतिस्पर्धा एक सुनौलो अवसर साबित भएको छ।
वि.सं. २०६८ देखि सूचना प्रविधिको क्षेत्रमा सक्रिय लाइफ कम्प्युटर, आईटी (IT) प्रशिक्षणको एक अग्रणी संस्था हो। बागबजारमा मुख्य कार्यालय रहेको यस संस्थाले हाल ललितपुरको कुमारीपाटी र काठमाडौँको सोह्रखुट्टेमा समेत शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको छ। सफ्टवेयर विकास, मोबाइल एप निर्माण, वेब डिजाइन, यूआई/यूएक्स डिजाइन तथा ग्राफिक मल्टिमिडिया जस्ता क्षेत्रमा व्यावहारिक तालिम दिने लाइफ कम्प्युटर, नेपालको आईटी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि भरपर्दो गन्तव्य बनेको छ।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”