काठमाडौँ ।बजेट घोषणाको पूर्वसन्ध्यामा विभिन्न भन्सार नाकाबाट विद्युतीय सवारी साधन (इभी) जाँचपास भएको विषयमा अर्थ मन्त्रालयले छानबिन तीव्र पारेको छ। यसै क्रममा रसुवागढी भन्सार नाकामा प्रक्रिया नपुर्याई जाँचपास गरिएको भेटिएपछि प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरी विभाग तानिएको छ।
मन्त्रालयले छानबिन प्रक्रिया चलिरहेकै समयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र मन्त्रालयका अधिकारीहरूलाई जोडेर भ्रामक अफवाह फैलाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अर्थमन्त्रीका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘मिडिया ट्रायल’ र चरित्र हत्या गर्ने प्रयासप्रति खेद प्रकट गर्नुभएको छ।
रसुवा र कोरोला नाकामा स्थलगत छानबिन
विज्ञप्तिका अनुसार रसुवागढी नाकामा भन्सार बिन्दुमै नपुगेका सवारी साधनको जाँचपास भएको विषयमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिसका आधारमा जेठ २० गते नै ९ कर्मचारीमाथि कारबाही अघि बढाइएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि भन्सार विभाग तानिएको छ।
त्यस्तै, मुस्ताङको कोरोला नाकाबाट भएका कार जाँचपासको विषयमा पनि मन्त्रालयको छानबिन समितिले स्थलगत रूपमा अनुसन्धान गरिरहेको छ। हाल अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवद्वयको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको संयुक्त टोली फिल्डमै खटिएको मन्त्रालयले जनाएको छ।
भन्सार छलीको आशङ्का: प्रारम्भिक रूपमा भन्सार छलीको आशङ्कामा सुरक्षाकर्मीको सहायताले नियन्त्रणमा लिइएका कार र आयातकर्ता कम्पनीमाथि अहिले विस्तृत अनुसन्धान भइरहेको छ।
कानुनी उपचारको प्रक्रिया सुरु
छानबिनको निष्कर्ष आउनु अगावै बजेटलाई विवादमा पार्ने र समाजमा गलत भाष्य स्थापित गर्ने उद्देश्यले भ्रामक प्रचारबाजी भइरहेको मन्त्रालयको दाबी छ। यस्ता गतिविधिमा संलग्न केही व्यक्ति तथा पक्षमाथि कानुनी उपचारको प्रक्रिया सुरु भइसकेको र अन्यको हकमा पनि कानुनी कदम चालिने विज्ञप्तिमा उल्लेख छ।
तथ्य पुष्टि गरेर मात्र समाचार लेख्न आग्रह
अर्थ मन्त्रालयले अर्थतन्त्र, बजेट र भन्सार जस्ता प्राविधिक एवं संवेदनशील विषयमा समाचार सामग्री तयार पार्दा जिम्मेवार अधिकारीहरूसँग सत्यतथ्य बुझ्न सञ्चारमाध्यम र सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ। प्रक्रियागत सत्य जानकारी र तथ्यले पुष्टि गरेर मात्र विचार बनाउन वा समाचार सम्प्रेषण गर्न मन्त्रालयले विशेष आग्रह गरेको छ।
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता