काठमाडौँ। नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित कुम्भमेला ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण आगामी भदौमा आयोजना हुने भएको छ। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आगामी भदौ ९ देखि १४ गतेसम्म राजधानीमा आयोजना हुने यस भव्य प्रदर्शनीका लागि जेठ १८ गतेदेखि नै स्टल बुकिङ खुल्ला गरिसकेको छ। मेलामा सहभागी हुन चाहने व्यवसायी तथा संस्थाहरूले आगामी जेठ २६ गतेभित्र स्टल बुक गरिसक्नुपर्ने नाडाले जनाएको छ।
६ दिनसम्म चल्ने यस भव्य मेलामा नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूले आफ्ना नवीनतम उत्पादन, अत्याधुनिक प्रविधि र सेवाहरू प्रदर्शन गर्नेछन्। मेलामा दुई पाङ्ग्रे, चार पाङ्ग्रे र कमर्सियल सवारी साधनका साथै पार्ट-पुर्जा, टायर, लुब्रिकेन्ट्स, ब्याट्री तथा एसेसरिजहरूको व्यापक उपस्थिति रहनेछ। यसका साथै, ग्राहकलाई तत्कालै अटो लोन र बीमा सुविधा उपलब्ध गराउन विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको समेत मेलामा विशेष सहभागिता रहनेछ।
पछिल्ला वर्षहरूमा नेपाली बजारमा विद्युतीय सवारी साधन (इभी) तर्फको आकर्षण र माग तीव्र रूपमा बढिरहेकाले यस वर्षको अटो शोमा पनि नयाँ इभी मोडल र पर्यावरणमैत्री प्रविधि मुख्य आकर्षण बन्ने अनुमान गरिएको छ। सुस्ताएको सवारी साधन व्यवसायलाई नयाँ बजेट र नयाँ आर्थिक वर्षको सुरुवातसँगै चलायमान बनाउन यो मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यवसायीहरूको छ।
हजारौँको संख्यामा आम उपभोक्ता, उद्योगी, लगानीकर्ता र सञ्चारकर्मीहरूले अवलोकन गर्ने अपेक्षा गरिएको यस मेलाको स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया र शुल्क विवरण नाडाको व्यवस्थापक कम्पनीमार्फत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”