काठमाडौँ । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल सरकारका वरिष्ठ सहसचिव शोभाकान्त पौडेल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको गत जेठ १ गते बसेको बैठकले पौडेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष पौडेलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहणलगत्तै उनले बैंकको केन्द्रीय कार्यालयमा पुगेर पदभार समेत ग्रहण गरिसकेका छन्।
अर्थ मन्त्रालयको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेकी सञ्चालक माया आचार्यले आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। आचार्यको राजीनामा स्वीकृत भएपछि रिक्त रहेको सरकारी कोटाको सञ्चालक पदमा मन्त्रालयले पौडेललाई पठाएको थियो। मन्त्रालयबाट प्रतिनिधि तोकिएर आएपछि सञ्चालक समितिले उनलाई बैंकको नेतृत्व सुम्पेको हो।
यसअघि बैंकको सञ्चालक समिति अध्यक्ष रहेका प्रा. डा. डिल्लीराज शर्माले गत वैशाख २४ गते आफ्नो पदबाट राजीनामा दिएका थिए। जेठ १ गतेको बैठकले निवर्तमान अध्यक्ष शर्माको राजीनामा स्वीकृत गर्दै सोही दिन नयाँ अध्यक्षमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको बैंक प्रशासनले जनाएको छ।
नवनियुक्त अध्यक्ष पौडेल सार्वजनिक वित्त व्यवस्थापन र सरकारी लेखा प्रणालीका विज्ञ मानिन्छन्। नेपाल सरकारको अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग तथा भन्सार विभागको महानिर्देशकका रूपमा काम गरिसकेका उनीसँग महालेखा नियन्त्रक कार्यालय (FCGO) अन्तर्गत सरकारी सञ्चित कोष सञ्चालन, बजेट कार्यान्वयन र वित्तीय जवाफदेहिताको क्षेत्रमा लामो प्रशासनिक अनुभव छ। सार्वजनिक प्रशासन र वित्तीय सुशासनमा उनको यही अनुभवका कारण नेपालकै जेठो वाणिज्य बैंकको वित्तीय तथा संस्थागत सुशासन थप सुदृढ हुने अपेक्षा बैंक व्यवस्थापनले लिएको छ।
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता