काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मन्त्री सस्मित पोखरेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पोखरेल र उनको परिवारको नाममा देशका विभिन्न स्थानमा करिब ७ ठाउँमा करिब साढे २० करोड रुपैयाँ मूल्य बराबरको घरजग्गा रहेको उल्लेख छ।
सम्पत्ति विवरणअनुसार काठमाडौं, मोरङ र ललितपुरलगायत स्थानमा परिवारका सदस्यहरूको संयुक्त नाममा घरजग्गा रहेको छ। ती सम्पत्तिमा बुवा, आमा, मावली हजुरआमा तथा दिदीबहिनीहरूको समेत नाम समावेश रहेको जनाइएको छ।
मन्त्री पोखरेलको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ। त्यसमा अचल सम्पत्तिसँगै बैंक मौज्दात, सुनचाँदी तथा अन्य लगानी पनि समावेश गरिएको छ। विवरणअनुसार २५ तोला सुन र करिब १०० तोला चाँदी पनि रहेको उल्लेख छ।
वित्तीय विवरणमा पोखरेलको नाममा बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको तथा डलर खातामा ५ अमेरिकी डलर रहेको देखाइएको छ। पारिवारिक सदस्यहरूको संयुक्त लगानीमा शेयर तथा बचतपत्रमा पनि लगानी रहेको विवरणमा उल्लेख छ।
त्यसैगरी, पोखरेल र उनकी आमाको नाममा ७५ लाख रुपैयाँ ऋण रहेको जनाइएको छ। उक्त ऋण हिमालयन बैंक र माछापुच्छ्रे बैंकमार्फत लिइएको विवरणमा उल्लेख छ।
सम्पत्ति विवरणअनुसार मन्त्री पोखरेलको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपैयाँ रहेको देखिएको छ। कानुनी व्यवस्था अनुसार मन्त्रीहरूले पदभार सम्हालेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधानअनुसार यो विवरण सार्वजनिक गरिएको हो।
-
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे
-
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता