काठमाडौं-,नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचनका लागि हालकी उपाध्यक्ष गीता शिवाकोटी पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिर्ता गरेकी छन्। शैक्षिक परामर्श क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव, संस्थागत योगदान र महिला नेतृत्वको स्पष्ट एजेन्डासहित उनी नेतृत्वमा निरन्तरताको पक्षमा उभिएकी छन्।इक्यानको २८औँ साधारणसभा तथा २०औँ अधिवेशन यही पुस २८ गते काठमाडौंमा हुँदैछ।
उक्त अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुँदैछ। यही सन्दर्भमा शर्माले शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति अन्त्य, संस्थागत एकता, राज्यसँग सशक्त संवाद र महिला नेतृत्व विस्तारका लागि आफूले पुनः उम्मेदवारी दिएको बताएकी छन्।
पोखराबाट सुरु भएको शैक्षिक परामर्श यात्रा
गीता शिवाकोटी शैक्षिक परामर्श यात्रा पोखराबाट सुरु भएको हो त्यो समय जब कन्सल्टेन्सी व्यवसाय व्यवस्थित, नीति नियम र संस्थागत संरचनामा थिएन। विद्यार्थी र अभिभावकको उत्सुकता बढ्दै जाँदा पनि परामर्श सेवा प्रायः व्यक्तिगत अनुभवमा आधारित थियो। यही परिवेशमा शर्माले विद्यार्थी काउन्सेलिङ, कागजात प्रक्रिया, अभिभावकसँग प्रत्यक्ष संवाद र विश्वविद्यालयसम्बन्धी जानकारी संकलन गर्दै आफ्नो पेशागत यात्रा सुरु गरिन्। पोखराबाट काम सुरु गर्दा उनले नजिकबाट देखिन गलत सूचना, अपूर्ण परामर्श र व्यवसायिक अनुशासनको अभावले विद्यार्थीको भविष्यमा प्रत्यक्ष असर पारिरहेको अवस्था। यही अनुभवले उनलाई शैक्षिक परामर्श व्यवसायलाई जिम्मेवारीपूर्ण, पारदर्शी र मूल्य आधारित सेवा क्षेत्र बनाउन प्रेरित गर्यो।
समयक्रममा पोखरामा शैक्षिक परामर्श व्यवसाय विस्तार हुँदै जाँदा, उनी इक्यानसँग जोडिइन् र संघकी संस्थापक सदस्यहरूमध्ये एक का रूपमा सक्रिय भइन्। क्षेत्रीय आवाजलाई संस्थागत संरचनामा समेट्दै, उनले कास्की शाखा सुदृढीकरण, सदस्य संस्थाहरूबीच समन्वय र पेशागत एकता कायम गर्ने काममा नेतृत्व देखाइन्। पोखराबाट उठेको आवाजलाई संस्थागत रूप दिनु उनको यात्रा थियो ।तीन कार्यकालसम्म कास्की इक्यान कोषाध्यक्ष भएर आर्थिक पारदर्शिता कायम गर्नु, शाखा सबल बनाउनु र सदस्य संस्थाहरूबीच विश्वास कायम गर्नु। केन्द्रमा एक कार्यकाल उपाध्यक्ष भएर फेयर डिपार्टमेन्ट र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गर्नु उनको नेतृत्वको अर्को महत्वपूर्ण चरण हो।
संस्थापक सदस्यदेखि नेतृत्व तहसम्म
इक्यान गठनको सुरुआती चरणदेखि नै शिवाकोटी संस्थापक सदस्य का रूपमा सक्रिय रहिन्। संघमा सदस्य विस्तार, शाखा गठन, संगठन सञ्चालन र पेशागत मर्यादा स्थापित गर्नु उनका प्रमुख जिम्मेवारी थिए। पोखराबाट प्रतिनिधित्व गर्दै उनले संघलाई काठमाडौँ केन्द्रित मात्र नभई क्षेत्रीय आवाज समेटिने संगठन बनाउन पहल गरिन्। तीन कार्यकालसम्म कोषाध्यक्ष भएर आर्थिक अनुशासन कायम गर्नु, शाखा सबल बनाउनु र सदस्यहरूको विश्वास जित्नु उनको नेतृत्वकालको मुख्य उपलब्धि हो। पछि केन्द्रीय उपाध्यक्षको रूपमा फेयर डिपार्टमेन्ट, महिला सशक्तीकरण, शाखा समन्वय र संगठनात्मक सुधारमा सक्रिय भूमिका निर्वाह गरिन्। यसै अनुभव र निरन्तरताले उनलाई संस्थागत स्मृति र नेतृत्वको प्रतिनिधि पात्र बनाएको छ।
विकृति अन्त्य र एकताको पक्षमा
गीता शिवाकोटी शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र असंवैधानिक अभ्यास अन्त्य गर्ने आफ्नो स्पष्ट एजेन्डा अघि सारेकी छन्। उनका अनुसार, व्यवसायमा दर्ता नगरी सञ्चालन हुने कन्सल्टेन्सी, झोलामा कम्पनी बोकेर हिँड्ने, अनावश्यक शुल्क लिने र अप्रमाणित कागजात प्रदान गर्ने प्रवृत्तिहरूले विद्यार्थी, अभिभावक र जिम्मेवार परामर्शदाताको विश्वासमा प्रत्यक्ष असर पुर्याउँछन्।
उनको दृष्टिकोणमा, यी विकृति केवल नियमले मात्र रोक्न सकिँदैनस त्यसका लागि संघभित्रको नेतृत्व र सदस्य संस्थाहरूबीचको एकता पनि अत्यावश्यक छ। उनले भनिन् “हामीले प्यानल बनाउने, सत्ता दौडमा भाग लिने वा व्यक्तिगत प्रतिस्पर्धामा संस्था फुटाउने होइन, सबै पक्षलाई समेटेर अघि बढाउने नेतृत्व आवश्यक छ। केवल यति गर्नाले मात्र पेशाको मर्यादा र विश्वसनीयता कायम रहन्छ।” शर्माले आफ्नो नेतृत्वमा संस्थागत अनुशासन, पारदर्शिता र सदस्य संगठनबीचको समन्वयलाई प्राथमिकता दिँदै आएको छ। उनी विश्वास गर्छिन जब संस्थाभित्र एकता कायम हुन्छ र सबै शाखा, सदस्य संस्था र परामर्शदातालाई निर्णय प्रक्रियामा समेटिन्छ, व्यावसायिक अभ्यासमा सुधार, अनियमितता र अप्रमाणित गतिविधिको अन्त्य सहज हुन्छ।
उनी थप्छिन् “इक्यानलाई फुटाउने होइन, जुटाउने नेतृत्व चाहिन्छ। यसमा मेरो मुख्य भूमिका सदस्यहरूलाई सँगै ल्याउनु र विकृतिको अन्त्यका लागि स्पष्ट नीति लागू गर्नु हो। यो मेरो चुनावी एजेन्डाको मूल आधार हो।” शिवाकोटीले यो एजेन्डा संस्थागत सुधार, सदस्य विश्वास र पेशागत मर्यादालाई प्राथमिकता दिने स्पष्ट प्रतिबद्धता हो। विकृति अन्त्य र एकताको पक्षमा उनको निरन्तर प्रयासले इक्यानलाई केवल एक छाता संस्था नभई, विश्वासिलो, उत्तरदायी र समावेशी नेतृत्वको प्रतीक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महिला सशक्तीकरणको निरन्तर एजेन्डा
गीता शिवाकोटी नेतृत्वमा महिला सहभागिता र सशक्तीकरणको मुद्दा संघको एजेन्डाको केन्द्रबिन्दु बनेको छ। शैक्षिक परामर्श पेशा परम्परागत रूपमा पुरुषप्रधान क्षेत्र हो, तर शर्मा यस ढाँचामा परिवर्तन ल्याउने उद्देश्यसहित लामो समयदेखि काम गर्दै आएकी छन्। उनी विश्वास गर्छिन् महिला नेतृत्व मात्र प्रतिनिधित्वको सवाल होइन, संस्थाको निर्णय प्रक्रियालाई समावेशी, संवेदनशील र उत्तरदायी बनाउने प्रमुख साधन हो।
संघभित्र महिला परामर्शदाता, कर्मचारी र उद्यमीहरूको क्षमता विकास, उनीहरूलाई नेतृत्व तहमा ल्याउने र सहभागी निर्णय प्रक्रियामा समावेश गर्ने विषयमा शर्मा निरन्तर पहल गर्दै आएकी छन्। उनले थुप्रै कार्यक्रम सञ्चालन गरिन्, जसमध्ये महिला सदस्यहरूको तालिम, नेतृत्व कार्यशाला र सशक्तीकरण सम्बन्धी पहलहरू प्रमुख छन्।
शिवाकोटीले यस विषयमा भनिन् “देशले महिला नेतृत्व स्वीकार गरिसकेको अवस्थामा इक्यानमा पनि महिला नेतृत्वको उपस्थिति अनिवार्य छ। यसले न केवल महिला सदस्यहरूको अवसर बढाउँछ, तर संस्थालाई थप समावेशी, उत्तरदायी र व्यावसायिक बनाउँछ।”
उनको एजेन्डा केवल प्रतिनिधित्व मा सीमित छैन। महिला नेतृत्वमार्फत संघको दृष्टिकोण, नीति र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उनको लक्ष्य स्पष्ट छ। यसले राज्य, सदस्य संस्था र अन्य सरोकारवालासँगको संवादमा पनि महिला नेतृत्वको प्रभाव र विश्वसनीयता स्थापित गर्ने अवसर सिर्जना गर्छ।
शिवाकोटीको यो निरन्तरता २२ वर्षे पेशागत अनुभव र संस्थागत ज्ञानमा आधारित छ। उनी महिला नेतृत्वलाई केवल घोषणात्मक रुपमा नभई व्यावहारिक, संस्थागत र परिणाममुखी रूपमा लागू गर्न प्रतिबद्ध छिन्। यही दृष्टिकोणका कारण उनी फेरि उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन संस्थाको नेतृत्वमा महिलाको आवाज बलियो बनाउन, संस्थागत सुधारलाई निरन्तरता दिन र पेशागत मर्यादा स्थापित गर्न।
राज्यसँग दरिलो संवादको आवश्यकता
गीता शिवाकोटी ले शैक्षिक परामर्श व्यवसायप्रति राज्यको दृष्टिकोण सकारात्मक नभएको मुद्दालाई अत्यन्तै संवेदनशील र प्राथमिक चुनौती का रूपमा हेरेकी छन्। कर प्रणाली, नियमन, नीति निर्माण र व्यवसायीलाई ‘ब्रोकर’ को रूपमा हेर्ने प्रवृत्ति जस्ता समस्याले पेशालाई प्रत्यक्ष असर पुर्याइरहेका छन्। उनका अनुसार, यस्तो अवस्था सुधार गर्न अबको नेतृत्वले राज्यसँग स्पष्ट, दरिलो र संस्थागत संवाद गर्नुपर्ने आवश्यकता छ।
शिवाकोटी ले भनिन् “हामीले पिडित अवस्था भोगिरहेका छौं, किनभने शिक्षासँग सम्बन्धित विभागहरूले हाम्रो आवाज सुन्न खोजिरहेका छैनन्। आवश्यक ऐन स्कनियमहरू नबन्नु र व्यवसायीलाई उचित प्रतिनिधित्व नदिनु वर्तमान चुनौती हो। अबको नेतृत्वले यी सबै विषयमा राज्यसँग निर्णायक र सशक्त संवाद गर्नुपर्ने बेला आएको छ।”
उनको दृष्टिकोण अनुसार, केवल कानुनी ढाँचा बनाएर व्यवसायीलाई नियन्त्रित गर्नु पर्याप्त छैन। संघ र राज्यबीचको समानुभूतिको संवाद, नीति निर्माणमा सहभागी बनाउने प्रक्रिया र पेशागत सन्दर्भ बुझाइ महत्वपूर्ण छ। यसले न केवल व्यवसायीको भरोसा बढाउँछ, तर विद्यार्थी र अभिभावकलाई सुरक्षित, गुणस्तरीय र विश्वसनीय सेवा सुनिश्चित गर्न मद्दत गर्छ।
गीता शिवाकोटी ले राज्यसँगको संवादलाई महिला नेतृत्व र समावेशी दृष्टिकोणसँग पनि जोडेर हेर्छिन्। उनको विश्वास छ जब इक्यानमा महिलासहितको समावेशी नेतृत्व आउँछ, राज्यले पेशालाई सकारात्मक दृष्टिले हेर्न थाल्छ र पेशागत सुधारका उपायहरूलाई प्राथमिकतामा राख्छ।
यसै कारण उनले उपाध्यक्ष पदमा पुनः उम्मेदवारी दर्ता गर्दै आफ्नो नेतृत्व संस्थागत संवाद, नीति र नियमन सुधारको एजेन्डासँग जोडिएको देखाएकी छन्।
फेरि उपाध्यक्ष पदमा किन भोट दिने ?
गीताञ्जली शर्माका प्रमुख एजेन्डा
गीता शिवाकोटी ले उपाध्यक्ष पदमा पुनः उम्मेदवारी दिनुको उद्देश्य र एजेन्डा स्पष्ट रूपमा सार्वजनिक गरेकी छन्। उनका समर्थक र सदस्यहरूका लागि स्पष्ट संकेत छ यसपटकको मतदान केवल व्यक्तित्वको होइन, संस्थागत निरन्तरता, पेशागत सुधार र महिला नेतृत्वको बलियो उपस्थितिको लागि पनि हो।
उनका प्रमुख एजेन्डाहरू यस प्रकार छन्
संस्थागत निरन्तरताअघिल्लो कार्यकालमा सुरु गरिएका सुधार, महिला कार्यक्रम, फेयर डिपार्टमेन्ट र शाखा सुदृढीकरणको पहललाई अधुरो नछोडी निरन्तरता दिन।
महिला नेतृत्व र सहभागिता विस्तारसंघभित्र महिला सदस्य र परामर्शदाताको क्षमता विकास, प्रतिनिधित्व र नेतृत्व अवसर सुनिश्चित गर्दै, संस्थालाई समावेशी र उत्तरदायी बनाउने। राज्यसँग दरिलो संवादकन्सल्टेन्सी व्यवसायप्रति राज्यको नकारात्मक दृष्टिकोण, कर प्रणाली र नियमनको अभाव सुधार गर्न, संघको आवाज स्पष्ट र संस्थागत रूपमा राज्यसम्म पुर्याउने।
विकृति अन्त्य र पेशागत मर्यादादर्ता नभएको कन्सल्टेन्सी, झोलामा कम्पनी बोकेर हिँड्ने, अनैतिक अभ्यास र अनियमितता रोक्न कडा नीति र निगरानी लागू गर्ने। शाखा सशक्तीकरणकाठमाडौँ केन्द्रित सोच हटाउँदै देशभरका शाखा र सदस्य संस्थाहरूलाई आर्थिक, संस्थागत र व्यावसायिक रूपमा सबल बनाउने।
संस्थागत एकताचुनावी प्रतिस्पर्धा र व्यक्तिगत मतभेदका कारण संघ फुट्न नपाओस् भनेर सबै पक्षलाई समेटेर अघि बढाउने नेतृत्व। शर्माको भनाइ अनुसार, “मेरो २२ वर्षे पेशागत अनुभव, संस्थागत योगदान र महिला नेतृत्वको एजेन्डा नै मेरो उम्मेदवारीको आधार हो। उपाध्यक्षको रूपमा म संस्थालाई सुदृढ, समावेशी र उत्तरदायी बनाउन उच्चतम प्रयास गर्नेछु।”
लामो अनुभव, संस्थागत स्मृति, विकृति अन्त्य र महिला नेतृत्वलाई प्राथमिकता दिने एजेन्डासहित गीताञ्जली शिवाकोटीले उपाध्यक्ष पदमा आफूलाई पुनः नेतृत्वका लागि योग्य दावेदार का रूपमा प्रस्तुत गरेकी छन्। गीताञ्जली ले लामो पेशागत अनुभव, संस्थागत योगदान, महिला नेतृत्व र स्पष्ट एजेन्डा यस चुनावको प्रमुख आधार हुन्। पोखराबाट सुरु भएको यात्रा, संस्थापक सदस्यदेखि नेतृत्व तहसम्मको निरन्तरता, विकृति अन्त्य र एकताको पक्षमा गरेको प्रतिबद्धता, राज्यसँग दरिलो संवाद गर्ने दृष्टिकोण यही अनुभव र दृष्टिकोणले उनलाई उपाध्यक्ष पदका लागि योग्य र भरोसायोग्य दावेदार बनाउँछ। ७२० सदस्य रहेको इक्यानमा यस पटक ६८३ मतदाता मतदान गर्ने तयारीमा छन्, र शिवाकोटीले यस अवसरलाई संघलाई सुदृढ, समावेशी, पारदर्शी र उत्तरदायी बनाउने निर्णायक मोडका रूपमा हेरेकी छिन्।
-
नाईमा मोबिलिटी एक्स्पोमा बैंकहरुको विशेष अफर: सस्तो ब्याजदरमा अटो कर्जा लिन ग्राहकको घुइँचो
-
नाइमा मोबिलिटी एक्सपोमा दुई दिनमै ६५ हजार अवलोकनकर्ता, सवारी बुकिङ उत्साहजनक
-
नर्भिक र हेल्थ एट होमबीच सहकार्य : अब विशेषज्ञ स्वास्थ्य सेवा घरमै
-
नाइमा मोबिलिटी एक्स्पो सुरु: पहिलो दिनमै २१ हजार दर्शक, अटो क्षेत्रलाई ‘स्थिर नीति’ को माग
-
सुस्त अटो बजार उकास्ने लक्ष्यसहित भदौ ९ देखि १८औँ ‘नाडा अटो शो’, प्रदर्शनीमा ५० ब्रान्डका सवारीसाधन
-
ग्लोबल आइएमई बैंकद्वारा न्यूनतम ५.२५% ब्याजदरमै अटो लोन, ३ दिनमै कर्जा स्वीकृति
-
सुजुकीको ‘मनसुन नि:शुल्क सर्भिस क्याम्प’ साउन २७ देखि, लेबर र पार्ट्समा विशेष छुट
-
नेपालकै सबैभन्दा ठूलो ‘नाइमा मोबिलिटी एक्सपो’ आजदेखि भृकुटीमण्डपमा सुरु, ४५ भन्दा बढी ब्राण्डको सहभागिता
-
विलासिता होइन उत्पादक पूँजी निर्माण र हरित अर्थतन्त्रको नयाँ यात्रा: भोलिदेखि सुरु हुने ‘नाइमा मोबिलिटी एक्स्पो’को सम्पूर्ण तयारी पूरा
-
म्याग्दीको माटोदेखि ‘भ्वाइस किड्स’को फाइनलसम्म: गण्डकी प्रदेशको शान क्रिएसनलाई अब तपाईंको भोटको खाँचो