काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आगामी केन्द्रीय निर्वाचनका लागि उमा खड्का पाठकले केन्द्रीय कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छन्। यही पौष २८ गते सम्पन्न हुन लागेको निर्वाचनमार्फत ECAN को नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ।
हाल ECAN को केन्द्रीय समितिमा केन्द्रीय सदस्यका रूपमा सक्रिय रहेकी पाठक शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र दीर्घकालीन रूपमा सशक्त बनाउने अभियानमा लामो समयदेखि संलग्न रहँदै आएकी छन्। उनी यसअघि एक कार्यकाल कार्यसमिति सदस्यका रूपमा काम गरिसकेकी छन् भने हाल CSR विभाग तथा ECAN USA विभागको जिम्मेवारी सम्हाल्दै संस्थागत सुदृढीकरण, सामाजिक उत्तरदायित्व, क्षमता विकास र आर्थिक अनुशासनमा उल्लेखनीय योगदान पुर्याउँदै आएकी छन्।
कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पाठकले निर्वाचित भएमा ECAN को आर्थिक व्यवस्थापनलाई अझ पारदर्शी, उत्तरदायी र प्रणालीगत बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। संस्थाको आम्दानी–खर्च नियमित र स्पष्ट रूपमा सदस्यहरूसमक्ष प्रस्तुत गर्ने, आर्थिक निर्णयलाई नीतिगत तथा दीर्घकालीन सोचका आधारमा अघि बढाउने र ECAN लाई आर्थिक रूपमा आत्मनिर्भर तथा सबल संस्थाका रूपमा विकास गर्ने उनको मुख्य प्राथमिकता रहने उल्लेख छ।
साथै केन्द्र र शाखाबीचको आर्थिक समन्वय सुदृढ गर्ने, सदस्य–मैत्री आर्थिक नीति विकास गर्ने, CSR कार्यक्रमलाई संस्थागत रूपमा विस्तार गर्ने तथा उपलब्ध स्रोतसाधनलाई ७०० भन्दा बढी सदस्यहरूको हितमा अधिकतम उपयोग हुने गरी परिचालन गर्ने उनको प्रतिबद्धता रहेको छ।
ECAN लाई केवल आर्थिक रूपमा सक्षम मात्र नभई विश्वसनीय, अनुशासित र सुशासनयुक्त संस्था बनाउने लक्ष्यसहित सबै कार्यसमितिसँग सहकार्य गर्दै जिम्मेवारीपूर्वक काम गर्ने पाठकले बताइन्। उनले आगामी निर्वाचनमा सम्पूर्ण सदस्यहरूको विश्वास, साथ र अमूल्य मतको अपेक्षा गरेकी छन्।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”