काठमाडौं । नेपालकै अग्रणी युनिसेक्स ब्युटी सलुन फेसियल हाउस १८औँ वर्षमा प्रवेश गरेको छ । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नारासहित १७ वर्षअघि सुरु गरिएको फेसियल हाउसले सौन्दर्य सेवासँगै रोजगारी सृजना, प्राविधिक शिक्षा र महिला सशक्तिकरणमा योगदान दिँदै आएको छ ।

वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा द्वारा स्थापना गरिएको फेसियल हाउस हाल देशकै नम्बर वान ब्युटी ब्राण्डका रूपमा स्थापित भएको जनाएको छ । फेसियल हाउसको केन्द्रीय कार्यालय काठमाडौंको सुन्धारास्थित काठमाडौं मलमा रहेको छ । उपत्यकाभित्र चाबहिल र लगनखेलमा शाखा सञ्चालनमा छन् भने चितवन, पोखरा, सुर्खेत, नेपालगञ्ज, धनगढी र इटहरीलगायतका सहरहरूमा सेवा विस्तार गरिएको छ ।
फेसियल हाउसकी सञ्चालिका तथा प्रबन्ध निर्देशक सुष्मा महराले १८औँ वर्षमा प्रवेश गर्नु आफूका लागि गर्वको क्षण भएको बताइन् ।उनले भनिन्, “लामो संघर्षपछि फेसियल हाउसलाई यहाँसम्म ल्याउन सफल भएका छौँ । आज फेसियल हाउस केवल ब्युटी सलुन मात्र होइन, हजारौँलाई रोजगारी, सीप र आत्मनिर्भर बन्ने अवसर दिने प्लेटफर्म बनेको छ।”
उनका अनुसार फेसियल हाउस अन्तर्गत सञ्चालनमा रहेको ब्युटी एकेडेमीबाट धेरै महिलाले प्राविधिक तालिम प्राप्त गरी सौन्दर्य क्षेत्रमा करियर बनाएका छन् ।महराले भनिन्, “महिलालाई सीप र अवसर दिन सके आत्मनिर्भर बन्न समय लाग्दैन भन्ने उदाहरण फेसियल हाउस बनेको छ।”
१८औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा कार्यक्रम आयोजना गरिएको थियो । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उत्कृष्ट ३१ जना कर्मचारी, एक उत्कृष्ट शाखा र तीन जना विद्यार्थीलाई अवार्ड प्रदान गरिएको थियो ।

१० वर्षभन्दा बढी सेवा पुर्याएकी मञ्जु घिमिरेलाई ५० हजार रुपैयाँ नगदसहित ‘बेस्ट अनर अफ लोयाल्टी, डेडिकेशन एण्ड कन्टिन्यूटी फर अ डेकेड’ अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”
-
बाढीले रोकिएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट आजदेखि पुनः उत्पादन सुरु
-
चार दिने अविरल वर्षाले देशभर वितण्डा: सडक सञ्जाल विच्छेद, बस्ती डुबानमा