काठमाडौं । विभिन्न सरकारी तथा गैरसरकारी वेबसाइटहरूमा साइबर हमलाको माध्यमबाट संवैधानिक हिन्दू अधिराज्य स्थापना, प्रदेश संरचना खारेज तथा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको मागसहित पौष ९ गतेदेखि ‘अन्तिम आन्दोलन’ सुरु गर्ने घोषणा गरिएको छ।
साइबर आक्रमणमार्फत सार्वजनिक गरिएको पोस्टर तथा सूचनामा उक्त आन्दोलनलाई ‘नेपालला नाम दिइएको छ। आन्दोलनमा सहभागी हुन नागरिकहरूलाई राष्ट्रिय झण्डा लिएर परिवर्तन, एकता र राष्ट्रिय गौरवका लागि एकजुट हुन आह्वान गरिएको छ।
घोषणाअनुसार आन्दोलनको प्रारम्भिक केन्द्र काठमाडौंको बालुवाटार क्षेत्र रहनेछ, जहाँ अनिश्चित समयसम्म प्रदर्शन हुने उल्लेख गरिएको छ। पोस्टरमा उल्लेख गरिएका मुख्य एजेन्डामा हिन्दू संवैधानिक राजसंस्था, प्रदेश संरचनाको अन्त्य तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली रहेका छन्।
यसैबीच, सरकारी तथा गैरसरकारी वेबसाइटहरूमा भएको साइबर आक्रमणलाई गम्भीर रूपमा लिँदै सम्बन्धित निकायहरूले प्राविधिक अनुसन्धान सुरु गरेका छन्। साइबर सुरक्षासँग सम्बन्धित निकायहरूले आक्रमणको स्रोत र उद्देश्यबारे अध्ययन गरिरहेको जनाइएको छ।
सरकार तथा सुरक्षा निकायहरूले हालसम्म आन्दोलन घोषणाबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। तर, सम्भावित आन्दोलनलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको र सर्वसाधारणलाई आधिकारिक सूचनामाथि मात्र भरोसा गर्न आग्रह गरिएको छ।
-
स्मार्ट’ सहरको अघोषित नाकाबन्दी र सडकबाट एउटी दलित महिलाको प्रश्न ‘सरकार, कोठा खाली छ ?’
-
नेपाल फिनटेक एक्सपो २०२६ अक्टोबर ९ देखि सुरु हुँदै: बैंकिङ, फिनटेक र एआई प्रविधिको तीन दिने बृहत प्रदर्शनी
-
कांग्रेस रूपान्तरणको संकल्पसहित बौद्धिक नेतृ कृष्णकुमारी बस्नेत केन्द्रीय सदस्यको दौडमा
-
मधेशमा शिक्षाको नयाँ युग: दरबार हाइस्कुलजस्तै १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गरिने
-
नेपाली क्रिकेटका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध, खेलाडीको ब्याटमा लोगो रहने
-
कांग्रेस महाधिवेशनमा चुनावी सरगर्मी : नयाँ नेतृत्वका लागि आज दिउँसोबाट उम्मेदवारीको ढोका खुल्दै
-
आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
-
सडक अवरुद्धपछि स्यार्फुवेशीका कुकुरहरूलाई ‘टेम्पल डग रेस्क्यु’ र ‘NAWES’ को जीवनदान
-
बालेनको कूटनीतिक सक्रियता : भारतीय र अमेरिकीपछि अस्ट्रेलियाली राजदूतसँग सिंहदरबारमा भेटवार्ता
-
मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”